तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते
रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बिआर ०७ पिए ७५८४ नम्बरको भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो ।
स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार सवारी दुर्घटनाका कारण सडकछेउमा रहेको विजय साहको होटलमा समेत क्षति पुगेको छ ।
बारा आदर्श कोतवाल गाउँपालिका वडा ७ का ३० वर्षीय पवन यादव, सर्लाही बरहथवा नगरपालिका वडा नं। १४ का ११ वर्षीय अंकित महतो, गौर नगरपालिका वडा नं। २ का २४ वर्षीय सुरेन्द्र कुमार साह, राजदेवी नगरपालिका वडा नं ८ का ५० वर्षीय शिवजी साह, ५२ वर्षीय रामदयाल साह, अटो चालक यमुनामाई गाउँपालिका वडा नं ५ का ३९ वर्षीय मंगल पटेल र अटोमा सवार राजपुर नगरपालिका वडा नं ३ का १० वर्षीय तारिक वस्ता घाइते भएको डिएसपी बस्यालले बताए । गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत पर्ने बम नहर चौक नजिक मंगलबार बिहान सवारी दुर्घटना भएको थियो ।
घाइतेहरुको प्रादेशिक अस्पताल गौरमा उपचार पश्चात् डिस्चार्ज गरिएको र दुर्घटनामा संलग्न तीनै सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मंसिर २० देखि हेटौँडाको राजमार्ग आसपासका घर भत्काउने तयारी, २० वटा हेभि उपकरण तयारी अवस्थामा
काठमाडौँ । भोलि मंसिर २० गतेदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रका घरहरू भत्काइने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभु...
तिहारको मुख्य दिन आज भाइटीका : टीकाको उत्तम साइत बिहान ११ः३९ बजे
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि...
सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहने
काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश...
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज, डिजिटल विभाजन कम गर्ने लक्ष्य
काठमाडौँ । इन्टरनेट तथा सूचना–सञ्चार प्रविधि आइसिटीको माध्यमबाट समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने तथा डिजिटल असमानता घटाउने उद्देश्यका साथ आज मे १७ मा विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम गरी मनाइँदैछ ।
...
तराईका जिल्लामा आज होली मनाइँदै
नवलपरासी । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
आज...
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका संरक्षक डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।



