बिहिबार, ३२ असार २०८३
नेपाली

धरहराबाट एक वर्षमा उठ्यो सात करोड ८० लाख

Main News Image

काठमाडौँ । शुल्क लिएर धरहरा अवलोकन गर्न खुला गरेको सोमबार एक वर्ष पूरा भएको छ । अघिल्लो वर्ष मंसिर ९ गतेदेखि सरकारले दुई सय रुपैयाँ शुल्क लिएर धरहरा अवलोकन गर्न सकिने व्यवस्था मिलाएको थियो । यो अवधिमा धरहरा अवलोकन गर्नेहरूबाट सात करोड ८० लाख रुपैयाँ राजस्व उठेको छ। केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अन्तर्गत धरहरा एकाइ सञ्चालन कार्यालयका प्रमुख महेश राईका अनुसार एक वर्षमा चार करोड २० लाख व्यक्तिले धरहरा अवलोकन गरिसकेका छन्।

२०८१ सालमा संविधान दिवसको दिन असोज ३ गते देखि सर्वसाधारणलाई धरहरा खुला गरिएको थियो तर त्यतिबेला सुरुमा निःशुल्क अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको थियो। २०८१ मंसिर ९ गतेदेखि भने सर्वसाधारणलाई दुई सय, विद्यार्थी, जेष्ठ नागरिक अपांग र फरकक्षमता भएका नागरिकलाई एक सय रुपैयाँ लिएर धरहरा अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको थियो ।

२०७८ वैशाख ११ गते हतारहतार तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले शिलान्यास गरेको धरहरा काम सम्पन्न नहुँदै उद्घाटन गरिएको थियो। सहरी विकास तथा भवन निर्माण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख झपटसिंह विश्वकर्माका अनुसार हाल धरहराको काम ८८ प्रतिशतको हाराहारी मात्र सकिएको छ। त्यसैले धरहरा निर्माणको काम अझै पूरा भएको छैन ।

 

mediabaaji add

सम्बन्धित खबर

समस्यालाई अवसर बनाउँदै इरान, युद्धको आडमा अरबौं डलर कमाइ

काठमाडौँ । इरानले अमेरिका र इजरायलसँगको युद्धलाई अवसरमा परिणत गरेको छ । अमेरिकाले खार्ग इरानको टापु नजिकैको सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो, तर विश्वव्यापी तेल संकटको डरले तेल टर्मिनललाई प्रत्यक्ष रूपमा निशाना बनाएको थिएन। यसको फाइदा उठाउँदै,...

सेयर बजार फेरि ओरालो लाग्यो, कारोबार रकम ६ अर्बमा सीमित

काठमाण्डौँ । अघिल्लो दिन ८३ अंक बढेको सेयर बजार आज सेयर बजार २.६१ अंक घटेको छ । आज सेयर बजार परिसूचक २७५७.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको बढेको छ । त्यस्तै आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको...

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन य...

अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैय...

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

काठमाडौँ । सरकारले नेपाल र भारतबिच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबिच इनरुवा–पूर्णीया र दोदोधारा–बरेल...

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, युरोपिय...