३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई
काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना सबै निर्वाचन क्षेत्रमा परिचालन भइसकेको बताए । उनले भने, कारागार, विमानस्थललगायत महत्त्वपूर्ण संरचनाको सुरक्षामा पनि सेना खटिएको छ ।
हरेक निर्वाचन क्षेत्रमा बेस बनाएर सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहकार्य गरी सेनाले नियमित गस्ती गर्नेछ । कुनै मतदानस्थलमा प्रहरीले स्थिति नियन्त्रणमा लिन नसक्ने गरी समस्या आएमा तत्कालै परिचालन हुने गरी सेना र सशस्त्र प्रहरीको तैनाथी मिलाइएको गृह मन्त्रालयले जनाएको छ । सामान्यतः मतदानस्थलमा नेपाल प्रहरी र निर्वाचन प्रहरी मात्र खटिनेछन् ।
एक्सप्रेस
सम्बन्धित खबर
शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्ने ५ जना पक्राउ
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन र नाराबाजी गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस तथा सभाको बैठकमा...
काठमाडौंमा भारतीय नागरिकले भारतीयलाई नै बन्धक बनाएर मागे फिरौती
काठमाडौँ । एक भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर फिरौती अशुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । अस्ट्रेलिया पठाउने बहानामा ती युवकलाई काठमाडौं बोलाएर बन्धक बनाई २० लाख भारु ३२ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरील...
ट्राफिक सप्ताहको दोस्रो दिन: उपत्यकामा २० हजार हाराहारी सडक प्रयोगकर्तामा सुरक्षा सन्देश
काठमाण्डौँ । सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन भइरहेको ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा दोस्रो दिन व्यापक सचेतनामूलक गतिविधि सञ्चालन गरिएको छ। अभियानबाट एकै दिन झण्डै १...
चारित्रिक प्रमाणपत्रमै कानुन उल्लंघनको विवरण उल्लेख हुने
काठमाडौँ । अबदेखि कानुन विपरीत गरिएका काम–कारबाहीहरू नेपाल प्रहरीबाट जारी हुने चारित्रिक प्रमाणपत्रमै अनिवार्य रूपमा उल्लेख गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार यस्तो विवरण समावेश हुँदा वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा व...
मलद्वारमा सुन बोकेर बैंककबाट आएका भारतीय नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९० ग्राम सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीय राहदानी नम्बर बि ६६४४९३४ बाहक नर्पतसिंह सोलङ्की रहेको प्रहरीले जनाएको...
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । बुधबार...



