शुक्रबार, ०१ साउन २०८३
नेपाली

शीतलहर बढेपछि कैलालीका विद्यालय एक हप्ता बन्द

Main News Image

काठमाडौँ । सुदूरपश्चिमको तराई क्षेत्रमा अत्यधिक चिसो र शीतलहर बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिकाले नगरभित्रका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ। पुस २४ गतेदेखि माघ २ गतेसम्म पठनपाठन बन्द रहने नगरपालिकाले जनाएको छ।

बाक्लो हुस्सु र कठ्याङ्ग्रिने चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै बिदा दिइएको हो। शीतलहरले कैलालीसहित तराईका जिल्लामा जनजीवन कष्टकर बनेको छ भने चिसोको असर कृषि क्षेत्रमा पनि देखिन थालेको छ।

mediabaaji add

सम्बन्धित खबर

BREAKING : काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खसेर डुब्यो

काठमाडौँ । काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको बस तामाकोशी नदीमा खसेर डुबेको छ । प्रहरी चौकी सेलेघाटका अनुसार बस पानीमा चुर्लुम्म डुबेको छ र धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ ।

निर्वाचनका लागि काठमाडौं छाड्नेहरूको संख्या ८ लाख नाघ्यो

काठमाडौँ । आगामी निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या उल्लेख्य वृद्धि भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मतदान गर्न र घर फर्किन हालसम्म करिब ८ लाख मानिसले उपत्यका छाडिसकेका छन् ।

निर्वाचनको सुरक्षा...

चुनावी यात्रामा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था चिन्ताजनक

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँगै चुनाव प्रचारमा खटिँदा ‘ब्रेन हेमरेज’ भएर उपचार गराइरहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । दुई द...

मेघालय कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता

खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाख...

स्वदेश आइपुग्यो विपिनको शव : प्रधानमन्त्री पुगिन् विमानस्थल

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव स्वदेश ल्याइएको छ । उनको शव सोमबार केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रध...

आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

काठमाडौँ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

मिथिलाको प्राचीन राजधानी जनकप...