शुक्रबार, ०१ साउन २०८३
नेपाली

धार्मिक र सांस्कृतिक महत्वका साथ आज देशभर साउने संक्रान्ति मनाइँदै : आजैदेखि दक्षिणायन सुरु

Main News Image

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्षको साउन १ गते मनाइने रैथाने पर्व साउने अर्थात् कर्कट सङ्क्रान्ति आज देशभर स्नान, दान तथा पूजा–आराधना गरी परम्परागत रूपमा मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। वैदिक सनातन हिन्दू परम्परामा आजको दिनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले विधिवत् रूपमा दक्षिणायनको सुरुवात हुने गर्दछ, जसलाई धार्मिक दृष्टिकोणले विशेष महत्वका साथ हेरिन्छ ।

नेपाली समाजमा यो पर्व कृषिसँग पनि अभिन्न रूपमा जोडिएको छ। असार महिनाभर मानो रोपेर मुरी उब्जाउने चटारोमा हिलोमैलोसँग पौंठेजोरी खेलेका किसानहरूले हिलोका कारण आउन सक्ने छालासम्बन्धी रोग र एलर्जीबाट मुक्ति पाउन आजको दिन लुतो फाल्ने गर्दछन् ।

औषधीय गुणले युक्त वनस्पतिहरू जस्तै काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नासपाती आदि संकलन गरेर कण्डारक नाम गरेको राक्षसको पूजा गरी अगुल्टो फाल्ने प्राचीन चलन छ। 

mediabaaji add

सम्बन्धित खबर

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौँ । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौंका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ। प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ। ‘त...

आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशर...

आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

काठमाडौँ । आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइने छ ।

सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मन...

आज किराँत समुदायका उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक त...

अब नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क

काठमाडौँ । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक र गैर आवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने भएको छ । नेपालमा रहेका गैर आवासीय नेपाली एनआरएनए र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली...

त्रिविका विद्यार्थीले आईपीएलमा मागे ५० प्रतिशत सहुलियत

काठमाडौँ । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलका लागि विद्यार्थी संगठनहरूले ५० प्रतिशत सहुतिलयत मागेका छन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई...