पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ
काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो ।
बिदाइका लागि संस्थानले करिब ३० लाख बजेट छुट्याएको थियो । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको थियो । जसमा कार्ड बाँडिएका मध्ये रातो कार्ड भएका साधुसन्तलाई ११ हजार, प्याजी कार्ड भएका साधुसन्तलाई ६ हजार, निलो ४ हजार, पहेंलो २५ सय, हरियो ११ सय, गुलाबि ५५१,सेतो कार्ड भएकालाई २०० रूपैयाँ दक्षिणा साधुसन्तलाई प्रदान गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
स्टाफ कलेजको कडा परीक्षा: ८९ डीएसपीमध्ये १६ मात्रै पास, एसएसपी बढुवाको ढोका साँघुरो
काठमाडौँ । नेपाल प्रहरीमा उपल्लो तहमा बढुवाका लागि अनिवार्य बनाइएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) अन्तर्गतको स्टाफ कलेज प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) मात्र छनोट भएका छन्। यो एमपीएसका लागि छन...
शुक्रबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया म...
जेन-जी आन्दोलनका घाइते र युवाहरुको माइतीघरमा धर्ना
काठमाडौँ । जेनजी आन्दोलनका घाइते तथा युवाहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । जेनजी आन्दोलनका घाइतेहरुको जायज मागलाई पूरा गर्न र सम्पूर्ण जेनजीहरुलाई एकतावद्ध गर्नुपर्ने भन्दै उनीहरुले शुक्रबार माइतिघरमा धर्ना...
काठमाडौँमा बस दुर्घटना : अर्का मृतकको पनि पहिचान खुल्यो
काठमाण्डौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चार जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने एक मृतक पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू रहेको प्रहरीले जनाएको छ । ...
मेलम्ची भ्रष्टाचारमा भीम उपाध्यायसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले मेलम्ची...
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
काठमाडौँ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान् नारायणको पूजा गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । आज पूर्ण रूपले उपबास ब...



