बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालन हुँदै आएको सदर चिडियाखानाले सूचना जारी गर्दै संक्रमण नियन्त्रण तथा आगन्तुकहरूको सुरक्षालाई ध्यानमा राखी आजदेखि लागू हुने गरी सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको छ ।
चिडियाखाना प्रशासनका अनुसार बर्डफ्लु संक्रमण पुष्टि भएसँगै थप फैलावट रोक्न आवश्यक सावधानीका उपायहरू अवलम्बन गरिएको छ । संक्रमणको जोखिम न्यूनीकरण गर्न र जीवजन्तुको स्वास्थ्य अवस्थाको निगरानी गर्न चिडियाखाना बन्द गर्ने निर्णय गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
अन्तर्राष्ट्रिय आरोग्य दिवस आज, टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न
काठमाडौँ । आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालकै पहलमा संयुक्त राष्ट्रसंघले यो दिवस घोषणा गरेपछि पहिलो पटक औपचारिक रूपमा मनाउन लागिएको हो । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित रा...
नेपालमा ५२ प्रतिशत असुरक्षित गर्भपतन, ५३ प्रतिशत अनिच्छित गर्भ
काठमाडौँ । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई...
घरघरमा मोही अभियान सुरुः स्वास्थ्य र स्वदेशी उत्पादन प्रवद्र्धनमा डेरी एसोसिएसनको पहल
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले “मोहीको विश्वास, स्वास्थ्यको विकास, घरघरमा फैलाऔँ अभियान” नारासहित देशव्यापी अभियान सुरु गर्ने भएको छ । नेपाली मौलिक परम्परा र स्वास्थ्यसँग जोडिएको मोहीको प्रयोगलाई व्यापक बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको हो...
आज विश्व हेपाटाइटिस दिवस : बी र सी का १० मध्ये ९ बिरामी अनविज्ञ, वार्षिक १३ लाखको ज्यान जाँदै
काठमाडौँ । आज ‘विश्व हेपाटाइटिस दिवस’ विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । कलेजोलाई गम्भीर असर पुर्याउने हेपाटाइटिस रोगबारे विश्वभर जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्...
काठमाडौंमा बर्डफ्लू बढ्दै, एघार जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि
काठमाडौँ । उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लू ९एच(फाइभ एन(वान० संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष स...
वीर अस्पतालमा एमआरलाई प्रवेश निषेध
काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै न...



