शुक्रबार, ०१ साउन २०८३
नेपाली

रास्वपाले फागुन ७ मा चुनावी घोषणापत्र ल्याउने

Main News Image

काठमाण्डौँ । प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले फागुन ७ गते घोषणापत्र ल्याउने भएको छ । रास्वपाले चुनावी घोषणापत्रलाई जनतासँग प्रतिज्ञाको करारपत्र भनेको छ । रास्वपा सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत फागुन ७ गते चुनावी करारपत्र सार्वजनिक गर्ने जनाएका छन् । 

उनले पूरा नहुने बाचा नगरी जनतासँग प्रतिज्ञाको करार गर्ने बताएका छन् । ‘चुनावमा बाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नु पर्‍यो निरन्तर। हामी पूरा नहुने बाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दै छौँ,’ लामिछानेले भनेका छन् ।  चुनावी करारपत्र फागुन ७ गते कर्णाली प्रदेशमा कार्यक्रम गरी सार्वजनिक गर्ने उनले जनाएका छन् । 


mediabaaji add

सम्बन्धित खबर

श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी

काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा पहिलो सिट जित्दै खाता खोलेको छ । खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन्। उनले १६ हजार ६१२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका...

झापा-५ मा ओलीसँग नेकपाबाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ भिड्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट झापा निर्वाचन क्षेत्र नम्बर– ५ मा रञ्जित तामाङ उम्मेदवार बन्ने भएका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा– ५ बाट चुनाव लड्न अखिल क्रान्तिकार...

मतदाता नामावली दर्ताका लागि ५ दिन समय थप

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको छ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेको थिय...

कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन

काठमाडौँ । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ । विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका हुन्। समितिमा नेताहरू...

जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैँबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोह...

नयाँलाई अवसर दिन प्रत्यक्षमा नलड्ने, समानुपातिकमा नबस्ने पम्फा भुसालको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपा नेता तथा पूर्वमन्त्री पम्फा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबैमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन् । अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष...