बुधबार, ३१ असार २०८३
नेपाली

रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिक सूचीबाट नाम फिर्ता

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको सङ्ख्या बढेपछि पार्टीका अन्य गतिविधिमा सक्रिय हुने उद्देश्यले आचार्यले नाम फिर्ता लिएको एक नेताले बताए । आचार्यलाई खस आर्य समूहअन्तर्गत समानुपातिकतर्फ पहिलो नम्बरमा सिफारिस गरिएको थियो ।

रास्वपामा समानुपातिक सूचीबाट नाम फिर्ता लिने क्रम जारी रहेको छ । यसअघि डा अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली सिर्जु, मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले पनि नाम फिर्ता लिइसकेका छन् ।

निर्वाचन कार्य तालिकाअनुसार दलहरूले यही पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका थिए । सूची अध्ययनपछि आयोगले आइतबार देखिएका त्रुटि सच्याउन दलहरूलाई निर्देशन दिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौँ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भए...

पूर्णबहादुर खड्काले बोलाए बैठक

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराही...

पूर्व सांसद र मन्त्रीहरू यसपटक नेकपाको समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले यसअघि प्रतिनिधि सभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद बनेका, मन्त्री भइसकेका वा राष्ट्रिय सभा सदस्य रहेका नेताहरूलाई यसपटकको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ । पार्टीका मुख्यसचिव गणेशमान पुनका अ...

कमला नगरपालिकाका तत्कालीन मेयरसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर...

स्वदेश फर्किएका देउवा कांग्रेस बैठकमा सहभागी हुन्छन् ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचार सकेर स्वेदश फर्किएका छन् । कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती उपचार सकेर शुक्रबार राति काठमाडौँ आइपुगेका हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनक...

देउवालाई हटाएर नयाँ सभापति निर्वाचित गर्ने कार्यविधि पारित

काठमाण्डौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यसूचीमा परेको नयाँ पार्टी सभापति निर्वाचित गर्ने विषय सहभागीबाट पारित भएको छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको भन्दै त्यसल...