बिहिबार, ३२ असार २०८३
नेपाली

रास्वपाले समानुपातिकका ५७ सांसदको नाम टुंग्यायो

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सचिवालयको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेको छ । आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सचिवालय बैठकमा दुई वटा एजेण्डा रहेको जानकारी दिए। उनले रास्वपाले समानुपातिक सूचीमा पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली तोकिएको समयसीमाभित्रै निर्वाचन आयोगमा बुझाउने निर्णय गरिएको बताए ।

उनका अनुसार सूचीमा खस आर्यतर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना र थारु ४ जना गरी कुल ५७ जना समावेश छन् । उक्त सूचीमा कानुनी प्रावधानअनुसार ४८ जना महिला र ९ जना पुरुष समावेश गरिएको उनले जानकारी दिए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकमा दुई वटा एजेण्डा रहेको थियो। समानुपतिक सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली निर्वाचन आयोगलाई उपलब्ध गराउने निर्णय गरेका छौं। आज नै तोकिएको समय सीमामा नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ५७ जनाको नामावली बुझाउने निर्णय गर्यौं । जसअन्तरगत खस आर्यतर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारु ४ जना गरी ५७ जना र यसमा विधिले माग गरे बमोजिम ४८ जना महिला र ९ जना पुरुष रहनु भएका छन्।’

प्रवक्ता झाले नामावली निर्वाचन आयोगको कार्यालयमा बुझाएपछि आयोगले रुजु तथा भेरिफिकेसन प्रक्रिया पूरा गर्ने र त्यसपछि मात्र आधिकारिक रूपमा नामहरु सार्वजनिक गर्ने बताए ।

mediabaaji add

सम्बन्धित खबर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको तयारी

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने पहल थालेको छ । हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ । तर, वर्तमान सरकारले विगतको परम्परा तोड्द...

प्रतिनिधिसभा निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि निर्वाचनका ल...

बारा घटनामा एमाले कार्यकर्ताविरुद्ध जाहेरी, कारबाही नभए सिमरा बन्द गर्ने चेतावनी

काठमाडौँ । बुधबार बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ताहरूले कुटपिट गरेको भन्दै युवाहरूको एक समूहले प्रहरीमा जाहेरी दिएको छ । उनीहरूले सिमरा उपमहानगरपालिका–१ का तारा बस्नेतसहितलाई विपक्षी बनाउँदै इलाका प्रहरी क...

कुलमानको उपस्थितिमा आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै

काठमाडौँ । कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ । घोषणा सभा दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौँको प्रज्ञा भवनमा हुनेछ । कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ हुन...

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तीव्र : कार्यसूची बनाउँदै परराष्ट्र

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक वैदेशिक भ्रमणका रूपमा हुने भारत भ्रमणको तयारीलाई सरकारले तीव्रता दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि दिएको बधाईपत्रमा भारत भ्रमणको निम्तो पनि गरे...

सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी

काठमाडौँ । निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

नेपाली कांग्रेसका ६५ सांसद पहिलेका ८ सहित र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा...