बुधबार, ३१ असार २०८३
नेपाली

सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि

Main News Image

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ। निर्देशनालयका अनुसार यस वर्ष ६ लाख ८७ हजार ८७७ ‘मेट्रिकटन’ धान उत्पादन भएको छ। गत वर्ष सुदूरपश्चिममा ६ लाख ३६ हजार २९६ मेट्रिकटन धान उत्पादन भएको थियो।

आर्थिक वर्ष २०८०र८१ मा ६ लाख ७२ हजार ९२८ मेट्रिकटन धान उत्पादन भएकामा आर्थिक वर्ष २०७९र८० मा ६ लाख ४८ ९४२ मेट्रिकटन धान उत्पादन भएको थियो। सुदूरपश्चिममा एक लाख ७७ हजार २३० ‘हेक्टर’ क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ। निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि हुँदै आएको बताए। ‘सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा धेरै धान उत्पादन हुन्छ,’ उनले भने, ‘खेती गर्ने तरिकामा सुधार र उन्नत जातको बीउका कारण धान उत्पादनमा वृद्धि भएको हो।’

पछिल्लो समयमा सरकारले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ दिँदै आएको छ। यसबाहेक किसानले प्राङ्गारिक मलको प्रयोग, सिचाँइको उपलब्धता र सरकारी अनुदान तथा प्राविधिक सहयोगले उत्पादनमा वृद्धि भएको हो।

‘उन्नत जातको बीउले १० देखि १५ प्रतिशतसम्म उत्पादन बढाउँछ,’ सूचना अधिकारी पाण्डेयले भने,‘खेती गर्ने तरिकाले पनि उत्पादनमा फरक पार्छ।’ निर्देशनालयका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व बढी छ। कञ्चनपुरमा चार दशमलव छ र कैलालीमा चार दशमलव पाँच प्रतिहेक्टर उत्पादत्व रहेको छ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको बताए। कृषि ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिँचाइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिँचाइ जडान समेत गर्ने गरेको उनले बताए।

mediabaaji add

सम्बन्धित खबर

आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरवलोकन गर्ने व्यवस्था लागू गरेको छ । बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी...

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान पुनः सुरु, राष्ट्र बैंकद्वारा १० अर्ब ५८ करोड भुक्तानी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० वटा बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान बापत १० अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेको छ । सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको भन्दै रोकिएको अनुदान एक वर्षपछि सरक...

सोफा हब काठमाडौँबाट सोफा किन्ने १० जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो सोफा तथा फर्निचर कम्पनी सोफा हब काठमाडौँले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणा गरेको छ।

 

 

समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिह...

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत । खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट रु ६५ करोड ३० लाख बढी भित्रिएको छ। मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१र८२ मा स...

लगातार घट्दै आएको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति ?

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसतो विदेशी मुद्राको विनिमयदर स्थिर छ । हिजो जुन मूल्यमा कारोबार भएको थिय...

बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको संख्या बढ्दै

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सो...