मङ्गलबार, २६ साउन २०८३
नेपाली

देउवाको स्वदेश फर्किने तालिका संशोधन : बिहीबार दिउँसो १२:३० बजे काठमाडौं ओर्लिने

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फर्किने मिति र समय परिवर्तन भएको छ । यसअघि साउन २६ गते राति काठमाडौँ अवतरण हुने तय भएको तालिका परिमार्जन गरी अब आगामी बिहीबार साउन २८ गते मध्याह्न साढे १२ बजे उनी स्वदेश आइपुग्ने भएका छन् ।

कांग्रेस नेता डा। प्रकाशशरण महत र प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार राति अवतरण हुँदा शुभचिन्तक तथा कार्यकर्तालाई स्वागतमा उपस्थित हुन असहज हुने भएकाले आग्रहबमोजिम समय सारिएको हो। देउवा थाइ एयरको उडानमार्फत काठमाडौँ आउने तय भएको छ ।

mediabaaji add

सम्बन्धित खबर

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् ।  शनिबार पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी...

विदेशी गाडी चढेर चुनाव प्रचार गर्न नपाइने, आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

काठमाडौँ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैलाई आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले आचारसंहिता उल्लङ्घन भएको गुनासो...

७४ सांसदले दिएको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै दायर रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ। उक्त रिटमा ७ राजनीतिक दलका ७४ जना प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गरेका छन् । न्...

जनता सचेत र जागरूक नभए फेरि सङ्कट आउन सक्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता सचेत र जागरूक नभए देशमा पुनः ठूलो सङ्कट उत्पन्न हुनसक्ने चेतावनी दिएका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभामा उनले यस्तो...

माइतीघरमा मिराज समूहको प्रदर्शन, केही पक्राउ

काठमाडौँ । जेनजी अगुवा मिराज ढुंगानाको समूहले माइतीघर मण्डलामा गरेको विरोध प्रदर्शनबाट केही युवा पक्राउ परेका छन् । प्रहरीले रविकिरण हमालसहितका ५ जनालाई नियन्त्रणमा लिएको हो । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर...

रास्वपाद्वारा समानुपातिक उम्मेदवारका लागि आवेदकको नाम सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फ उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन दिएकाहरुको नामावली सार्वजनिक गरेको छ । रास्वपाले सातवटै प्रदेशमा प्राप्त नामावली फेसबुक पेजमार्फत् सार्वजनिक गरेको हो ।

सार्वजनिक नामावलीअन...