शुक्रबार, १५ साउन २०८३
नेपाली

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह

Main News Image

काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् । भिडियो सन्देशमार्फत उनले नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश भएको बताएका हुन् । उनले धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताबीच नेपालीहरू आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ लामो समयदेखि सहअस्तित्वमा बाँच्दै आएको बताए ।

उनले भने, ‘नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश हो । धर्म भाषा जातजाति र सास्कृतीको भिन्नता बिचको हामी आपसी सम्मान सयुस्वत्रा र सद्भावका साथसँगै बाच्दै आएका छौँ ।’ उनले विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको बताए ।

उनले भने, ‘विविधतामा एकतानै हाम्रो पहिचान सान र शक्ति हो । हात विशेष गरी पूर्व तराईका केही स्थानीहरुमा धार्मिक सदभामा खलल पुग्ने तथा डर त्रासका वातावरण सिर्जन गर्ने गतिविधि देखिने दुःखद विषय हो ।’ उनले पछिल्लो समय विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भाव खलल पुग्ने तथा सर्वसाधारणमा डर–त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको बताए ।


mediabaaji add

सम्बन्धित खबर

काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएक...

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक...

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते

काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर इन्धन वा पानी तताउने कन्टेनर  विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्...

पशुपतिमा चिम्टाले हानेर युवकको हत्या, १ भारतीयसहित २ जना पक्राउ

काठमाण्डौा । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्...

निर्वाचन स्वच्छ र भयरहित अनिवार्य सर्त, सुरक्षाकर्मीको मनोबल उच्च

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ व...

वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप

वीरगञ्ज ।  वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...