पुनर्गठनको एजेन्डा रवि लामिछानेको विकल्प होइन: तोसिमा कार्की
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ डा तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेको विकल्प खोज्ने उद्देश्यले पुनर्गठनको एजेन्डा अघि सारेको भन्ने टिप्पणीको खण्डन गरेकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले पुनर्गठनको कुरा व्यक्ति विरोधका लागि नभई पार्टीलाई सुदृढ बनाउन उठाएको बताइन् । कृपया, रवि लामिछानेको विकल्पका लागि यस्तो भनिएको हो भन्ने कसैले नठान्नुस्, उनले भनिन्।
डा। कार्कीले पार्टी हालको यथास्थितिमै रहिरहेमा ठूलो राजनीतिक शक्ति बन्न नसक्ने दाबी पनि गरिन् । उनले भनिन्, रास्वपाले ठूलो हृदय र साझा प्लेटफर्म लिएर अघि बढ्न जरुरी छ। उनले पार्टी भित्रका सहकर्मीहरूलाई निरन्तर आरोप र व्यक्तिगत आक्रमण नगर्न आग्रह गर्दै भनिन्,म आफ्नो पेसा छाडेर रास्वपालाई अपनाएकी हुँ। मैले उठाएको पुनर्गठनको एजेन्डा कुनै व्यक्तिविरुद्ध होइन, पार्टी मजबुतका लागि हो।
एक्सप्रेस
सम्बन्धित खबर
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि स्थगित
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि पनि स्थगित भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए । असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति...
रास्वपाका २ जना सांसदले तोडे रवि लामिछानेको रेकर्ड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपनिर्वाचनमा बनाएको रेकर्ड रास्वपाकै २ नवनिर्वाचित सांसदले यसपटकको प्रतिनिछि सभा निर्वाचनमा तोडेका छन् । लामिछानेले उपनिर्वाचनमा सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड...
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै राष्ट्...
दलीय गतिविधिमा सक्रिय मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्री कार्कीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भई सक्रिय रहेका तथा चुनाव लड्ने तयारीमा रहेका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अनौपचारिक छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकार गैरदलीय भएकाले...
कांग्रेसमा झन्डै ३ लाखले गरे क्रियाशील सदस्यता अद्यावधिक
काठमाडौँ । नेपाली काङ्ग्रेसका झन्डै ३ लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । ‘जरा अभियान’अन्तर्गत गत वैशाख १ गते सुरु भएको सदस्यता अद्यावधिक सुरु गरेको थियो । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, उक्त अभियानमा झ...
जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै
काठमाडौँ । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका पूर्व गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ...



