सोमबार, २२ भदौ २०८३
नेपाली

वन डढेलोमा कमी, मनसुन पूर्वको वर्षाले घटायो

Main News Image

काठमाडौँ । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो ।

वन तथा भू–संरक्षण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए । यो सङ्ख्या २०७९ चैतमा घटेर २६७ मा झरेको थियो । २०८० चैतमा २४९ र २०८१ चैतमा पुनः बढेर ३३१ पुगेको थियो । २०८२ चैतमा भने हालसम्मकै थोरै ७९ वटा मात्रै डढेलाका घटना दर्ता भएका छन् । 

समग्रमा २०७८ मा दुई हजार १६२ वटा डढेलोका घटना भएकामा २०७९ मा एक हजार २७० मा झरेको थियो । २०८० मा  दुई हजार ५५ र २०८१ मा तीन हजार ४७ पुगेको थियो । २०८२ मा भने ४२४ वटा घटना दर्ता भएका छन् । वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले यस वर्ष मनसुन सुरु हुनु अघि नै वर्षा भएका कारण वन डढेलोमा कमी आएको बताए ।


mediabaaji add

सम्बन्धित खबर

नयाँ प्रणाली लागू गरिँदै, असार २४ देखि २६ गतेसम्म राहदानी सेवा प्रभावित हुने

काठमाडौँ । राहदानी विभागले राहदानी जारी गर्ने प्रणालीलाई स्तरोन्नति गर्दै नयाँ प्रविधि लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहद...

मौसम : एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम स...

क्लब लगायत रात्रिकालीन व्यवसाय बन्द हुने

काठमाडौँ । काठमाडौंमा सञ्चालन हुने रात्रिकालीन व्यवसाय फागुन १८ गतेदेखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार एक सूचना जारी गर्दै ९ बजेपछि कुनै व्यवसाय नगर्न नगराउन निर्देशन दिएको छ । ...

निरन्तरको वर्षा र पहिरोले मुग्लिन-नारायणगढ सडक ठप्प, यात्रा नगर्न प्रशासनको आग्रह

चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बाटोको वर्तमान अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै तत्कालका लागि सो सडक खण्डमा सवारीसाधन नचलाउन सू...

राष्ट्रिय परिचयपत्र बनाउन झन्झट अन्त्य, अब फाराम भर्नु नपर्ने व्यवस्था लागू

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने झन्झट हटाउने व्यवस्था लागू गरेको छ। अब सेवाग्राहीहरूले अलग्गै आवेदन फाराम भर्नुपर्ने बाध्यता बिना नै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन् । मन्त्रालयका अनुसार क...

उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम प...