शनिबार, ०२ साउन २०८३
नेपाली

पाँच वर्षपछि पुनः सक्रिय नेपाल–भारत संयुक्त कृषि संयन्त्र, व्यापार र प्रविधिमा जोड

Main News Image

काठमाडौँ । नेपाल र भारतबीच कृषि क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित गठन गरिएको संयुक्त कृषि कार्यसमूहको नवौँ बैठक पाँच वर्षपछि काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२० यता स्थगित रहेको यो उच्चस्तरीय संयन्त्र पुनः सक्रिय हुँदा दुवै देशले कृषि व्यापार, प्रविधि र अनुसन्धान सहकार्यलाई प्राथमिकतामा राखेका छन् ।

सन् २०२५ डिसेम्बर २८ र २९ २०८२ पुस १३ र १४ मा सम्पन्न दुई दिने बैठक सन् २०२५ अप्रिलमा नेपाल(भारतबीच भएको कृषि सहयोगसम्बन्धी नयाँ समझदारी पत्र कार्यान्वयनतर्फको पहिलो औपचारिक कदमका रूपमा हेरिएको छ । बैठकको सह(अध्यक्षता नेपाल सरकारका सह(सचिव डा। हरि बहादुर के।सी। र भारत सरकारका अतिरिक्त सचिव डा। प्रमोद कुमार मेहेरदाले गरेका थिए ।

बैठकमा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०२४–२५ मा नेपाल–भारतबीचको कृषि व्यापार १।६ अर्ब अमेरिकी डलर नाघेको छ । दुवै पक्षले यस व्यापारलाई सन्तुलित, सुरक्षित र दीर्घकालीन बनाउने प्रतिबद्धता जनाएका छन् । भारतीय पक्षले ‘छिमेकी पहिलो’ नीतिअनुसार नेपालसँग कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने स्पष्ट संकेत दिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास एलपिजी, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयातब...

कोहलपुर-सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण

सुर्खेत । बहुप्रतिक्षित कोहलपुर सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण गरिएको छ । आयोजना निर्माण सम्पन्न भएसंगै शुक्रबार उक्त लाइन परीक्षण गरिएको हो । १३२ केभी प्रशारण लाइनको निर्माण सम्पन्न भएसँगै कर्णालीबासीले भोग्दै आएको विद्युत समस्या स...

शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७०...

नेपाल लाइफको ५० हजार कित्ता शेयर लिलामीमा, सबैले किन्न पाउने

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले इच्छुक र योग्य जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले किन्न पाउने गरी शेयर लिलामीमा राखेको हो ।

उक्त शेयरको प्रतिकि...

आज ३०.७५ अंकले बढ्यो नेप्से, ९ अर्ब २० करोड माथिको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०।७५ अंकले बढेर २६३१.१४ को विन्दुमा आईपुगेको छ । नेप्सेमा यसदिन ३०० कम्पनीको २ करोड ९७ लाख ३८ हजार  १३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड माथिको...

चिया निकासीमा भारतीय अवरोध हट्यो

विराटनगर । नेपाली चियाको गुणस्तर परीक्षणका नाममा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड ९एसओपी० का कारण झन्डै दुई महिनादेखि अवरुद्ध भएको नेपाली चिया निकासी मंगलबारदेखि पुनस् सुरु भएको छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीक...