अरुण नदीको सतिघाटमा पाँच महिनापछि फेरी पुनःसञ्चालन
भोजपुर । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन् । वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो । फेरी सञ्चालन नहुँदा जिल्लाको उत्तरी क्षेत्रका यात्रु र स्थानीयलले आवतजावतमा ठूलो कठिनाइ भोग्दै आएका थिए । फेरी पुनःसञ्चालनसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दा सहजता भएको छ ।
फेरी बन्द रहेका बेला स्थानीयले झोलुङ्गे पुलमार्फत पिँठ्यूमा बोकेर खाद्यसामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए । विसं २०७६ देखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ । फेरी बन्द हुँदा झोलुङ्गे पुलबाट आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्थामा अहिले सजता थपिएको स्थानीयवासी दिपेन्द्र श्रेष्ठले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको हो ।
...
नेप्से २८.७३ अंकले उकालो, कारोबार ६ अर्ब ४७ करोड
काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ । ३३५ कम्पनीको १ करोड २४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भयो । २१४ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको घट्यो ।
आज श...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता,...
सांग्रिला डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले सेरधनीहरूलाई लाभांश घोषणा गरेको छ । बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार...
नेप्सेमा १०.२५ अंकको गिरावट, ११ अर्ब ६५ करोड माथिको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९७.०७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मू...
सम्झौता अनुसार काम नगर्ने २५ निर्माण कम्पनीको ठेक्का तोडियो
काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगर्ने २५ वटा निर्माण कम्पनीहरुसँग ठेक्का तोडेको छ। सडक डिभिजन काठमाडौंअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले समयभित्र निर्माण सम्पन्न नगर्ने २५...


