बिहिबार, ३२ असार २०८३
नेपाली

रवि, कुलमान, बालेन र हर्क साम्पाङलाई मिलाउने प्रयासमा जेनजी अगुवा

Main News Image

काठमाडौँ । आसन्न निर्वाचनका लागि केही राजनीतिक दल र फरक फरक समूहमा रहेका जेनजी अभियानकर्मीहरूलाई मिलाएर एउटा वैकल्पिक राजनीतिक शक्ति बनाउने प्रयास भइरहेको यसमा संलग्न केही व्यक्तिले बताएका छन् । बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका जेनजी अगुवा सुधन गुरुङले आफूले त्यस विषयमा लामिछानेसँग कुरा भएको बताए ।

उनका अनुसार लामिछाने नेतृत्वको रास्वपा, ऊर्जामन्त्री कुलमान घिसिङ प्रत्यक्ष नदेखिए पनि उनकै अगुवाइमा बनेको भनिएको उज्यालो नेपाल पार्टी र धरान उपमहानगरका मेयर हर्क साम्पाङको नेतृत्वमा बनेको श्रम संस्कृति पार्टीलाई एकजुट भएर चुनावमा जान जेनजी युवाहरूले सुझाव दिँदै आएका छन्।

यही समूहमा कुनै पनि दलमा नखुलेका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह ुबालेनु, रास्वपाबाट बाहिरिएकी भूतपूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, गत निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका सागर ढकाल र हालै हाम्रो पार्टी नेपाल नामक दल दर्ता गरेका दलित अभियानकर्मी खगेन्द्र सुनारलाई पनि समेट्ने प्रयास भइरहेको वार्तामा संलग्नहरूले बताएका छन्।

वैकल्पिक राजनीतिको अभ्यास गरिरहेका र राजनीतिमा कम विवादित शक्ति र व्यक्तिलाई एकै ठाउँमा ल्याएर जेनजी आन्दोलनमा संलग्न नवयुवाहरूका लागि पनि स्वीकार्य हुने वैकल्पिक शक्ति निर्माणको अभ्यास भइरहेको रास्वपा र उज्यालो नेपाल पार्टीका नेताहरूले पुष्टि गरेका छन्। ुवैकल्पिक शक्तिहरूका बीचमा संवाद निरन्तर भइरहेको नै छ। सबैभन्दा एक ठाउँमा भएर जानुपर्छ भन्ने कतिपय विषयमा हामी नजिक पनि छौँ, रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी भन्छन्। रास्वपा विघटित प्रतिनिधिसभामा चौथो ठूलो दल थियो । पहिलो पटक भाग लिएको निर्वाचनबाटै उदाएको उक्त दलले विवेकशील साझा पार्टीसँग एकता गरिसकेको छ ।

mediabaaji add

सम्बन्धित खबर

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्‍यो ९ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्...

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपांगता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउ...

प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपात...

जेनजी आन्दोलनका हाइज्याकर गृहमन्त्री बन्दै!

भाद्र २४ गते भएको जेनजी आन्दोलनमा पानी बाँड्न भनेर पुगेका र आन्दोलन हाइज्याकको आरोप लागेका सुदन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको जानकारी प्राप्त भएको छ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले १५ सदस्यीय नयाँ मन्...

कांग्रेस विवाद : सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौंली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । प्रक...