शनिबार, ०२ साउन २०८३
नेपाली

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

Main News Image

काठमाडौँ । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ । सुडान र दक्षिण सुडानबिचमा रहेको अबेई क्षेत्रमा खटिएको राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको उनी फोर्स कमान्डर बनेका हुन् । खुला प्रतिस्पर्धामा आधारमा राष्ट्रसंघले उनलाई छानेको हो । यसअघि घानाका मेजर जनरल रोबर्ट अफ्राम सो जिम्मेवारीमा थिए । राष्ट्रसंघले एक विज्ञप्ति प्रकाशन गरी उनलाई नियुक्त गरेको हो ।

अबेई सुडान र दक्षिण सुडानबिचको विवादित भूमि हो। जसलाई राष्ट्रसंघले विशेष प्रशासनिक क्षेत्रको मान्यता दिएको छ। अबेईमा राष्ट्रसंघले स्थापनार्थ छुट्टै शान्ति खटाएको छ । जहाँको सम्पूर्ण सुरक्षा फौजको कमान्ड रथी श्रेष्ठले गर्नेछन् । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार नियुक्तिको बारेमा औपचारिक रूपमा पत्र आएपछि रथी श्रेष्ठ त्यहाँ खटिनेछन् । ‘नियुक्ति भएको विषयमा औपचारिक रूपमा पत्राचार भइसकेको छैन,’ उनी भन्छन्, ‘औपचारिक पत्रपछि उहाँ जिम्मेवारीमा खटिनुहुनेछ ।’

नेपाली सेनाबाट राष्ट्रसंघीय शान्ति मिसनमा फोर्स कमान्डर बन्ने श्रेष्ठ आठौँ सैनिक अधिकारी हुन्। यसअघि कृष्णनारायण सिंह थापा, भिक्ट्री शमशेर जबरा, बालानन्द शर्मा, पवनजंग थापा, पूर्णचन्द्र थापा, ईश्वर हमाल र निर्मलकुमार थापाले फोर्स कमान्डरको जिम्मेवारी सम्हालेका थिए।

संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा धेरै सुरक्षा फौज खटाउनेमा नेपाल हाल पहिलो स्थानमा छ। रथी श्रेष्ठको सैन्य करियर ३६ वर्षभन्दा बढी भएको छ। उनले नेपाली सेनामा विविध जिम्मेवारी बहन गर्दै टोली कमाण्ड, अपरेसन योजना, तालिम व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय समन्वयजस्ता गम्भीर भूमिकामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

mediabaaji add

सम्बन्धित खबर

सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुने

काठमाडौँ । सरकारी कार्यालयको समय एक घण्टा छोटिएको छ । अबदेखि अपरान्ह ४ बजेपछि कार्यालय बन्द हुने छ । हिजो ९कात्तिक १५० सम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म थियो । शुक्रबार भने सबै महिना दिउँसो ३ बजेसम्म...

कृत्रिम खुट्टाकै बलमा सेभेन समिट पूरा: हरि बुढामगरले अन्टार्टिकाको शिखरमा गाडे नेपाली झण्डा

बेलायत। ‘शरीरको कुनै अङ्ग नहुँदैमा सपना सकिँदैन’ भन्ने सन्देशलाई जीवनमै उतार्दै हरि बुढामगरले विश्वकै सबैभन्दा कठिन मानिने सेभेन समिट (सातै महादेशका अग्ला शिखर) आरोहण पूरा गरेका छन्। यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोबीच अन्टार्टिकाको माउन्ट...

बीपी उद्यान क्षेत्रमा चल्यो डोजर !

पर्सा । पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार...

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो। हिउँदयामको कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो...

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द

कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न...

गौरबाट छुटेको बससहित तीन साधन ठोक्किँदा ३३ जना घाइते

रौतहट । रौतहटको गौरबाट छुटेको यात्रु बाहक बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँएको हो । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर...