रसुवा बाढी : १५७ शव भेटिए, २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन
काठमाडौँ । रसुवा जिल्लामा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्राप्त २०८३ भदौ १० गते राति ११ः०५ बजेसम्मको विवरणअनुसार विभिन्न स्थानमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा हालसम्म ३ हजार ३१८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन्। यस्तै, प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना, प्रहरी चौकी स्याफ्रुबेसीका ८ जनामध्ये ५ जना र अस्थायी प्रहरी पोस्ट मैलुङका ८ जनामध्ये ३ जना सम्पर्कमा आएका छन् । त्यस्तै, प्रहरी चौकी बेत्रावतीमा कार्यरत १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् ।
प्राप्त विवरणअनुसार विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कमा आएका छैनन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आज यी स्थानमा ठुलो वर्षाको सम्भावना
काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। ती आसपासका क्षेत्रमा थप वर्षा हुन...
लगातारको पहिरोले मुख्य राजमार्ग ठप्प, कहाँ कहाँ बन्द छ ?
काठमाडौँ । केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका ३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका ४ खहरे ख...
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
काठमाण्डौँ । आज तराईसहित उपत्यका क्षेत्रमा तुँवालो लागेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तराई भाग र काठमाण्डौसहित उपत्यका क्षेत्रमा वायु प्रदूषण बढ्न सक्ने अनुमान छ । वायु प्रदूषणबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेक...
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।
आज दिउँसो तराई...
मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा तुँवालो लागेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिम...
पहाडी भू-भागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वान...



