आइतबार, २८ भदौ २०८३
नेपाली

पुटिन भन्छन् – युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव

Main News Image

मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा दुवै पक्षका लागि लाभदायी हुने धारणा व्यक्त गरेका छन् ।

एक कार्यक्रममा बोल्दै राष्ट्रपति पुटिनले युरोपेली कम्पनीहरू र ऊर्जा खरिदकर्ताहरूले दीर्घकालीन तथा दिगो सहकार्यतर्फ अग्रसर भए रूस त्यसका लागि खुला रहेको उल्लेख गरे । उनले रूसले विगतमा पनि ऊर्जा आपूर्ति सम्बन्धी सहकार्य अस्वीकार नगरेको र भविष्यमा पनि पारस्परिक हितका आधारमा सहकार्य जारी राख्न इच्छुक रहेको बताए । 

उनको यो अभिव्यक्ति हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र त्यसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिएको तीव्र वृद्धिका बीच आएको हो । विश्लेषकहरूका अनुसार यस प्रकारका क्षेत्रीय द्वन्द्वले विश्व ऊर्जा बजारमा अस्थिरता बढाउने सम्भावना रहन्छ, जसको प्रभाव विभिन्न क्षेत्रीय अर्थतन्त्रहरूमा देखिन सक्छ ।


mediabaaji add

सम्बन्धित खबर

अमेरिका र चीनबीच व्यापार सम्झौताको खाकामा सहमति

काठमाडौँ । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन् । अमेरिकामा सामाजिक सञ्जाल...

मध्यपूर्वको युद्धले एसियामा इन्धन सङ्कट : बङ्गलादेशमा सेना परिचालन, म्यान्मारमा सवारी चलाउन आलोपालो प्रणाली

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धनको गम्भीर अभाव र जनआक्रोश देखिन थालेको छ । विशेषगरी बङ्गलादेशमा स्थिति निकै तनावपूर्ण बनेपछि सरकारले प्रमुख तेल डिपो...

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास

काठमाण्डौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ । सिन्जो आबेलाई २०२२ मा नारा सहरमा आयोजित र्‍यालीका क्रममा गोली हानी हत्या गरिएको थियो ।

बीबीसीका अनुसार उनको हत्या कसुरमा ४५ वर्षीय...

हर्मुज खोल्ने मागमा चीन-रूसको भिटो, राष्ट्र संघको प्रस्ताव अस्वीकार

काठमाण्डौँ । इरान संकटको बीचमा संयुक्त राष्ट्र संघमा हर्मुजको नाका खोल्ने प्रस्ताव पारित हुन सकेन । रूस र चीनले यसलाई भिटो गरे । मिडिया रिपोर्टका अनुसार प्रस्तावमा कुनै सैन्य कारबाहीको लागि आह्वान गरिएको थिएन । यो प्रस्ताव बहराइनले पेश गरेको थियो।...

वार्ता असफल भएपछि होर्मुज सदाका लागि बन्द गरिदिने ट्रम्पको धम्की

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज सदाका लागि बन्द गर्न सकिने चेतावनी दिएका छन् । इरानले अवरोध नहटाए अमेरिकाले नै उक्त समुद्री मार्ग बन्द गर्ने प्रक्रिया अघि बढाउने संकेत उनले दिएका हुन् ।

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना

काठमाडौँ । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५ मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएक...