शनिबार, ०२ साउन २०८३
नेपाली

बर्दियामा सहकारी द्वारा समर्थन मूल्यमै धान खरिद, किसानलाई राहत

Main News Image

बर्दिया । किसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले किसानसमर्थन मुल्य भन्दा कम मुल्यमा धान खरिद गरेपछि मधुवन नगरपालिका ७ मा रहेको ताराताल सानाकिसान कृषी सहकारी संस्थाले समर्थन मूल्य मै धान खरिद गरेको हो ।

गत कार्तिक १ गते देखि धान खरिद सुरु गरेको ताराताल सानकिसानले ३५ सय क्विन्टल धान खरिद गरिसकेको छ । धान खरिद गरेपछि किसानहरूले राहतको महसुस गरेका छन् । आफ्ना शेयर सदस्यहरूले उत्पादन गरेको धान व्यापारीहरूले सस्तोमा खरिद गरेपछि सानाकिसान सहकारीले समर्थन मुल्यमा धान खरिद सुरु गरेको हो । हाल सानकिसानमा धान बिक्रि गर्ने किसानको भिड लागेको छ । तिहार अगाडि देखि नै धान खरिद सुरु भएको हो ।

सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ । तर व्यापारीहरूले २५ सय देखि २८ सय सम्ममा धान खरिद गरेका छन् । व्यापारीहरूले धानको मुल्य नदिएको कारण ताराताल सानाकिसानमा धान बिक्रि गर्न ल्याएको मधुवन नगरपालिका वडा नं ९ का किसान टंकप्रसाद पौडेलले बताए । उनले सहकारीले धान खरिद गरेको हुनाले किसानहरूलाई राहत भएको बताए ।

mediabaaji add

सम्बन्धित खबर

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । 

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रु...

नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य

काठमाडौँ । बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त थ...

सामान्य अंक बढेर बन्द भयो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा कायम भएको छ ।  आज दिनभरिमा ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज...

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा दुई प्रतिशतले घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर दुई प्रतिशतले घटाएको छ ।

नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको म...

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

गत आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ। 

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६०...

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो वार्षिक साधारण सभा

काठमाडौँ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण...