आइतबार, ३१ जेठ २०८३
नेपाली

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

Main News Image

काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरका अन्तर(प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो ।

यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार गरिएको विभागले जनाएको छ । भाडा वृद्धिको मुख्य कारण डिजेलको बजार मूल्यमा भएको भारी बढोत्तरीलाई मानिएको छ । विभागको स्वचालित प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएमा भाडा समायोजन गर्ने प्रावधान छ ।

पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १८०.८३ रुपैयाँ रहेकोमा हाल यो ३०.४१ प्रतिशतले बढेर २३५.८३ रुपैयाँ पुगेकाले नयाँ भाडादर कायम गर्नुपरेको विभागको भनाइ छ ।

mediabaaji add

सम्बन्धित खबर

आज सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो, प्रतितोला मूल्य कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि छापावाला सुनको यही मूल्यमा कारोबार भएको...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३...

३५ उद्योग तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता

काठमाडौँ । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन्। यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्य...

सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ६५ रुपैय...

शेयर बजारमा सामान्य सुधार, किन उतार चढाब हुँदैछ ?

काठमाडौँ । लगातार चौथो दिनको गिरावटमा ब्रेक लागेको छ । बजारमा आज सामान्य सुधार आएको हो । बजार आज झिनो अकंले बढेपनि लगानीकर्तामा उत्साहको वातावरण छैन । बजार सुस्त हुँदा लगानीकर्ताले आफ्नो लगानी ‘बालुवामा पानीझैँ’ हराइरहेको अनुभूति गर्न थालेका छन् ।...

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

काठमाडौँ । एनएमबि बैंकले ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकलाई व्यक्तिगत र साना तथा मझौला कर्जा आवेदनको जानकारी वास्तविक समयमा ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।...