शनिबार, ०२ साउन २०८३
नेपाली

पुस १५ सम्म बुटवलका विद्यालयमा सार्वजनिक बिदा

Main News Image

काठमाण्डौँ । बुटवलका विद्यालयहरू भोलिदेखि पुस १५ गतेसम्म बिदा हुने भएका छन् । बुधबार बिहानैदेखि हुस्सुसँगै अत्यन्त चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुधबार सूचना जारी गर्दै केही दिनदेखि सुरू भएको बाक्लो हुस्सु र बुधबारदेखि शितलहर पर्न थालेपछि अत्यधिक चिसो बढेकोले उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरिएको जनाएका हुन् ।

उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टी हुने गरी पुस ११, १३ र १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । भोलि १० गते क्रिसमसको अवसरमा सरकारले यसअघि नै सार्वजनिक बिदा घोषणा गरिसकेको छ भने १२ गते शनिबार तथा १५ गते तमु ल्होसार परेकोले सार्वजनिक बिदा परेको छ । यही बीचमा चिसो बढेपछि उपमहानगरपालिकाले पनि तीन दिन बिदा दिने निर्णय गरेको हो । 


mediabaaji add

सम्बन्धित खबर

प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् । महानिरीक्षक कार्की शुक्रबार नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भेटको तस्बिर सार्वज...

बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

म्याग्दी । मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर...

इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव

काठमाडौँ । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरण...

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै महानगरपालिका

काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।

आयोजनाका इञ्जिनियर स...

प्रेस स्वतन्त्रता र व्यावसायिकताको सवाल : आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ । संसारभरका पत्रकार र सञ्चारकर्मीहरूको हकहित था प्रेस स्वतन्त्रताको रक्षाका निम्ति आज ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् १९९...

वर्षाको अद्यावधिक आँकलनः अझै पनि कम वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आँकलन सार्वजनिक गरेको छ ।  सार्वजनिक आँकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सू...