नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको छ ।
उनका अनुसार सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ। कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका केही संस्थागत विद्यालयले शिक्षा विनियमावली र सर्वोच्च अदालतको आदशेको उलङ्घन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गरेको सप्रमाण तथ्यहरू बाहिर...
मौसम पूर्वानुमान : पहाडी भू-भागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ। सुदुरपश्चिम प्रद...
आज देशभरको मौसम कस्तो रहला ?
काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज...
मंगलबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भू भागमा आंशिक बादल लागेको छ ।
गण्डकी प्रदेशका...
देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा विकसित भएको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र...
पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र...



