मङ्गलबार, १९ साउन २०८३
नेपाली

सम्पत्ति सिर्जना र कानुनी सुधारमार्फत आर्थिक विकास तीव्र बनाउन निजी क्षेत्रको आग्रह

Main News Image

काठमाडौँ । नेपाल उद्योग परिसंघ सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डे ले मुलुकको आर्थिक प्रणालीमा देखिएको वर्तमान स्थिरताप्रति निजी क्षेत्र उत्साहित रहेको बताएका छन् । उनले यस्तो स्थायित्व विरलै प्राप्त हुने अवसर भएकाले यसलाई पुँजी निर्माण र उत्पादन वृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार समाजमा ‘आय आर्जन’भन्दा ‘सम्पत्ति सिर्जना’लाई फरक ढंगले बुझ्ने र मूल्याङ्कन गर्ने आवश्यकता छ । नेपालमा निजी क्षेत्रको कुल स्थिर पुँजी निर्माण घट्दो क्रममा रहेको उल्लेख गर्दै उनले सम्पत्ति सिर्जनालाई प्रोत्साहन र सम्मान गर्ने सामाजिक वातावरण निर्माण गर्नुपर्ने बताए ।

अध्यक्ष पाण्डेले सार्वजनिक र निजी क्षेत्रबीच विद्यमान ‘विश्वासको संकट’ समाधान गर्दै सहकार्यको वातावरण सुदृढ गर्नुपर्ने धारणा राखे । विकसित मुलुकहरूले अपनाएको औद्योगिक विकास रणनीतिलाई नेपालले पनि आत्मसात गर्नुपर्ने उल्लेख गर्दै उनले पुराना कानुनी अड्चन हटाउन आग्रह गरे ।


mediabaaji add

सम्बन्धित खबर

ओरालो लाग्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी मह...

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ...

शनिबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन यु...

सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको हो । 

...

सूर्यकुण्ड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गर्न लागेको हो । <...

सुनचाँदीको मूल्य निरन्तर उकालो, तोलाको कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल...