जेनजी आन्दोलनको भावनाअनुरुप सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको भावना र मर्मअनुसार जनआकांक्षाअनुरूप सेवाप्रवाह गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको चालु आवमा सञ्चालित कार्यक्रमको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री कार्कीले उच्च मनोवलका साथ निर्धारित लक्ष्य हासिल गर्नेगरी कार्यसम्पादन गर्न निर्देशन दिएकी हुन् ।
उनले जेन्जी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीबाट मन्त्रिपरिषद्को कार्यालयको क्षतिसहित अन्य भौतिक सम्पत्तिलगायत सम्पूर्ण क्षतिको विवरण यथासक्य छिटो अद्यावधिक गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिइन् । यसैगरी अन्य निकायमा भएका क्षतिको एकीकृत विवरणको प्रतिवेदन तयार गर्न उहाँले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
माइतीघरमा जेनजीहरूको धर्ना
काठमाडौँ । जेनजी आन्दोलनका पीडितलाई न्याय, पुनर्स्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरी कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै माइतीघरमा जेनजीहरूले धर्ना दिएका छन् ।
परिवार र घाइतेको...
मतदान सम्पन्न भएको २४ घण्टाभित्रै परिणाम
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको २४ घण्टा भित्रै प्रत्यक्ष तर्फको मतपरिणाम दिने तयारी पूरा भएको जनाएको छ ।
आयोगका अनुसार आवश्यक जनशक्ति र सामग्री सबै तयार भएकाले मतपरिणाम दिन ढिला नहुने जनाएको हो । आज विहीब...
शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति गराउन सक्नुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि वातावरण सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई सक्रिय र दृढ रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोज...
चुनावको वातावरण अझै बन्न नसकेको ओलीको टिप्पणी
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बन्न नसकेको बताएका छन् । आइतबार झापाको भद्रपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिलेसम्म हेर्दा अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय र...
आईजीपीलाई जिम्मेवारीबाट हटाएर प्रहरीभित्र भएको अनियमितताबारे छानबिन गर्न खगेन्द्र सुनारको माग
काठमाडौँ । सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामान खरिदमा अनियमितता भएको विषयमा तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन् । लेखा समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक आईजीपी माथि प्रश्न उठिसकेको अवस्...
सचिन ढकालले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिए
काठमाडौँ । व्यसायी चन्द्र ढकालका छोरा सचिन ढकालले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेको उनले व्यक्तिगत कारणले नाम फिर्ता लिएको...



