राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन सोमबार त्यहाँ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन्। संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किने छन्।
एक्सप्रेस
सम्बन्धित खबर
आज बस्दै एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । बि...
बालेनले मात्रै प्रयोग गर्दै आएको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला
काठमाडौँ । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेनले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सर्वसाधारणका लागि खुला गरिएको छ । आइतबारबाट कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनमा उक्त लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको हो ।
...
रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालकको मृत्यु
काठमाडौँ । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट बालकको मृत्यु भएको छ । बालकको उमेर ६ वर्षजति भएको अनुमान गरिएको छ । आलम रौतहट–२ बाट उम्मेदवार छन् ।
दुर्घटनापछि रास्वपा उम्मेदवार आलम र गाड...
प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस
काठमाडौँ । सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ। परिषद्को बैठकले आगामी चैत १८ गतेदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका...
कांग्रेसले ‘१० बुँदामा घोषणापत्र’ ल्याउने
काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउनु नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ क...
राष्ट्रिय सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै
काठमाडौँ । राष्ट्रिय सभाको चालु अधिवेशन आज राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा ३ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रियसभाका अ...



