मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
जनकपुर । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुलाई आह्वान गरेपछि मधेश प्रदेशमा दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ । सो क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमती गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका महन्त ठाकुरको उपस्थितीमा हिजो राती गठबन्धनबीच सहमती भएको हो ।
जनमत पार्टी पनि यसमा सहभागी हुने जनाइएको छ । नयाँ गठबन्धनमा लोसपा, जसपा नेपाल, नेकपा माओबादी, नेकपा एस र जनमत पार्टी सहभागी रहेको जनाइएको छ । यो पाँच दलीय गठबन्धनमा ५६ जना सांसद रहेका छन् । उनीहरुले आजै सरकारको नेतृत्वका लागि दाबी पेश गर्ने तयारी गरेका छन् । यस अघि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको गठबन्धन सहमतिको पत्र प्रदेश प्रमुख कार्यालयमा केही दिन बुझाएको थियो ।
हिजो जनमत पार्टी फुटेर जनस्वराज पार्टी अलग भएपछि केही असर परेको बुझिएको छ । सरकारको नेतृत्वका लागि आज लागि आज ४ बजेसम्म दाबी पेस गर्न समय तोकिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
काठमाडौँ । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की मोरङलाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय ग...
संविधानले दिएको हक रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संविधान र कानुनले सुनिश्चित गरेका हक अधिकारको प्रयोग कसैले रोक्न नहुने स्पष्ट पारेकी छन् । थारू कल्याणकारिणी सभाको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सबै समुदायको राज्यमा उचित प्रतिनिधित्व आवश्यक रहेको बताइन् ।...
मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले आदेश जारी गर्दै, तोकिएको समय...
चुनावको मुखैमा सिंगापुर उडे देउवा
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् । उनको स्वास्...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणसहित १४ जना दोषी ठहर
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई मंगलबार दोषी ठहर गरेको हो ।
यस्तै उक्त मुद्दामा ७ जनाले सफाइ पा...
सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनको लागि मनोनयन दर्ताको समय सकिएको छ । समय सकिँदासम्म सभापतिमा अहिलेका महामन्त्री गगन थापाको मात्रै उम्मेदवारी परेको छ ।



