खामेनीको पार्थिव शरीर ग्रान्ड मोसल्लामा राख्ने तयारी
काठमाडौँ । अमेरिका-इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको ग्रान्ड मोसल्ला राजधानीका सबैभन्दा ठूला राज्य तथा धार्मिक समारोह आयोजना हुने विशाल प्रार्थना स्थल हो ।
खामेनीको निधनपछि आयोजना गरिएको तीन दिने श्रद्धाञ्जली कार्यक्रमअन्तर्गत हजारौँ शोकाकुल नागरिक उक्त स्थलमा उपस्थित हुने अपेक्षा गरिएको छ । इरानमा सर्वोच्च नेताको निधनपछि “विदाइ समारोह” तथा त्यसपछि “अन्त्येष्टि जुलुस” आयोजना गर्ने प्रोटोकल रहेको बताइएको छ । यता, इरानले बिहीबार इजरायल र अमेरिकाले इस्लामिक गणतन्त्रको शासन परिवर्तन गर्ने प्रयास गरे इजरायलको डिमोना आणविक केन्द्रलाई निशाना बनाउने चेतावनी दिएको छ ।
यो चेतावनी इजरायलका रक्षामन्त्री इस्रायल कात्जले “नयाँ नेता नियुक्त भए पनि उसलाई समाप्त पार्ने लक्ष्य हुन सक्छ” भन्ने अभिव्यक्ति दिएपछि आएको हो । उता इजरायलमा भने इरानले फेरि ब्यालेस्टिक मिसाइल आक्रमण गरेको इजरायली रक्षा बलले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको ट्रम्पको दाबी
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भेनेजुएलामा गरिएको ‘ठूलो स्तरको’ आक्रमणपछि उनीहरूलाई नियन्त...
भारतको कोइलाखानीमा विस्फोट : खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर
काठमाण्डौँ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँप...
ओमान तटमा तेल ट्याङ्करलाई लक्षित अन्धाधुन्ध गोलीबारी
काठमाडौँ । ओमान तटमा तेल ट्याङ्करलाई लक्षित गरी अन्धाधुन्ध गोलीबारी, चालक दल सुरक्षित रहे पनि क्षेत्र तनावग्रस्त इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ ।<...
अमेरिका र इरानबीच पुनः वार्ताको तयारी
काठमाण्डौँ । अमेरिका र इरानबीचको तनाव कम गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा दोस्रो चरणको उच्चस्तरीय शान्ति वार्ता पुनः सुरु हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई दिनभित्रै पाकिस्तानमा वार्ता हुन सक्ने संकेत दिएपछि विश्व...
इरानसँग शान्ति सम्झौताको लागि अमेरिकी वायुसेनाका ४ विमान जेनेभातर्फ उडे
काठमाडौँ । अमेरिका र इरानबिच हुन लागेको ऐतिहासिक प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्ने विशेष प्रयोजनका लागि अमेरिकी वायुसेनाका चारवटा विशाल ‘सी–१७’ मालवाहक विमानहरू आवश्यक कूटनीतिक तथा सुरक्षा सामग्रीसहित युरोप प्रस्थान गरेका छन् ।
प्रति...
जनआन्दोलनको रापसामु झुक्यो मोदी सरकार : शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा !
काठमाण्डौँ । राष्ट्रिय योग्यता परीक्षाको प्रश्नपत्र लिक प्रकरणले भारतभर विरोधको आँधी सिर्जना गरेपछि अन्ततः नरेन्द्र मोदी नेतृत्वको सरकार जनदबाब सामु झुक्न बाध्य भएको छ । विगत झण्डै एक महिनादेखि विद्यार्थी र युवाहरूले चलाएको निरन्तरको कडा आन्दोलनपछ...



