कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा गरेको जनाएको छ । प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार्ज घट्दाखेरि उत्पादनमा स्वाभाविक कमी आउने गर्छ । यस वर्ष पनि धेरै आयोजना थपिएका कारण हिउँदमा भारतबाट आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता देखा परेको छ ।
विद्युत प्राधिकरणले असोज १२ र १३ गते ग्राहकहरूलाई बक्यौता तिर्न २१ दिनको समय दिई कार्तिक २ गतेभित्र तिर्न अनुरोध गरेको छ । साथै, संचालक समितिले २८ किस्तामा बक्यौता तिर्न सकिने व्यवस्था पनि गरेको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारणहरू पनि सार्वजनिक गरे । ‘मुख्य कारणहरूमा वन तथा रुख कटानसम्बन्धी प्रक्रियागत चुनौती, स्थानीय सामाजिक अवरोध र कठिन भौगोलिक अवस्था रहेका छन्। अधिकांस आयोजना पहाडी भेगमा छन् भने खपत केन्द्र दक्षिणमा रहेकाले उत्तर–दक्षिण प्रसारण लाइनको निर्माण चुनौतीपूर्ण छ,’ उनले भने ।
विद्युत प्राधिकरणले स्पष्ट पारेको छ कि हालको ट्रिपिङ वा सेवा व्यवधान लोडसेडिङ नभएको ढकालले प्रष्ट पारे । प्राविधिक कारणले गर्दा केही समयका लागि लाइनमा अवरोध आएको मात्र हो र प्रणालीमा कुनै संरचनागत क्षति पुगेको छैन । ग्राहकहरूलाई भरपर्दो सेवा दिन प्राधिकरण निरन्तर प्रयासरत रहेको र जहाँ कमी कमजोरी देखिए सुधार गर्न तयार रहेको उल्लेख गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि...
सोलु हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको १ करोड कित्ता आईपीओ आज बाँडफाँट गरेको छ । कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको १० लाख कित्ता सेयरको बाँडफाँट यसअघि नै सम्पन्न भइसकेको छ ।
<...आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको सीमा निर्धारण
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३,८४ का लागि संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको छ । समष्टिगत आर्थिक अवस्था, राजस्वको प्रवृत्ति, खर्चको दबाब र वित्तीय बजारको अवस्थालाई आध...
बढ्दो गर्मीले विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयको समय परिवर्तन, आइतबार पनि पढाइ हुने
काठमाण्डौँ । कञ्चनपुरमा अत्यधिक गर्मी बढेसँगै यहाँका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन् । गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले आफ्ना क्षेत्रभि...
बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, युरोपिय...
सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
काठमाडौँ । सरकारी कर्मचारीले अब १५ दिनमै तलब भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी कर्मचारीलाई १५,१५ दिनमै तलब र भत्ता उपलब्ध गराउन परिपत्र जारी गरेको हो । वैशाख ४ गतेको निर्णयमा मासिक रूपमा दिइँदै आएको तलबलाई अ...



