उज्यालो नेपालसहित तीन पार्टीबिच एकताको तयारी
काठमाडौँ । कुलमान घिसिङको साथ रहेको भनिएको उज्यालो नेपाल पार्टीसहित तीन पार्टी एकीकरणबारेको गृहकार्यमा जुटेका छन् । उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकता गर्नेगरी छलफलमा जुटेका हुन् । नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले आफूहरू एकताको अन्तिम तयारीमा जुटेको बताए । उनले मंगलबार मात्रै पनि कुलमान घिसिङसहितको बैठक बसेर एकताबारे छलफल भएको बताए ।
‘हामी एकताको नजिक पुगेका छौँ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि मर्ज भएर एउटै चुनाव चिह्नमा चुनाव लड्नेगरी अघि बढेका छौँ’, उनले भने । उनले केही प्राविधिक विषय मिलाएर छिट्टै एकताको मिति घोषणा हुने समेत बताए । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता चौधरी रहेकी छन् भने हाम्रो पार्टीको अध्यक्ष खगेन्द्र सुनार रहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
महाधिवेशन प्रतिनिधि छनौटको विषयमा एमाले नेताबीच कुटाकुट
- सुनसरी । नेकपा एमाले सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर नेताहरूबीच कुटाकुट भएको छ । पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य अनिल राजधाम...
हामी निर्वाचन कुरेर बसेका छौँ, सरकारको गतिविधिले आशंका जन्माएको छ : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको गतिविधि हेर्दा तोकिएकै समयमा निर्वाचन हुनेमा आशंका जन्मिएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका वार्ड नं ४ मा आज स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्...
६ सरकारी कागजातका आधारमा मतदान गर्न पाइने
काठमाडौँ । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने जनाएको छ । आयोगले मतदाता परिचयपत्र नभए पनि ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक प्रस्तुत गरे मतदान गर्न सकिने स्पष्ट पारेको हो । आयोगका अनुसार मतदान गर्न मतदाता नामावलीमा न...
सरकार र जेनजीबीचको सम्झौताविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौता विरुद्ध दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले विपक्षीहरूका नाममा आदेश जारी गरेको हो । रिट निवेदक अधिवक्ता प्रेमराज सिलवाल...
उच्च अदालतद्धारा रविलाई थुनामुक्त गर्न आदेश !
काठमाण्डौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हुनसक्ने सम्भावित बिगो रकम स्विकार गरी थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले २६ साउन, २०८२ मा जिल्...
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम गरेको छ । फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा अधिकांश वक्ताहरुले प्र...



