अत्यावश्यक औषधिको अभाव रोक्न मूल्य समायोजनको तयारी, स्वचालित प्रणालीको माग
काठमाडौँ । सरकारले अत्यावश्यक औषधिको पटक–पटक हुने अभावलाई समाधान गर्न औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाएको छ। लामो समयदेखि मूल्य पुनरावलोकन नहुँदा उत्पादन तथा आयात लागतसँग मूल्य नमिलेकाले बजारमा केही जीवनरक्षक औषधिको आपूर्ति प्रभावित हुँदै आएको भन्दै औषधी व्यवस्था विभागले मूल्य समायोजनको प्रक्रिया अघि बढाएको हो ।
शुक्रबार औषधी व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले औषधिको मूल्य समायोजनसम्बन्धी प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । समितिले उत्पादन तथा आयात लागतका कारण बजारमा अभाव भइरहेका औषधिको मूल्य पुनरावलोकन गर्नुपर्ने निष्कर्ष निकालेको छ । निमित्त महानिर्देशक खड्गीका अनुसार केही औषधिको मूल्य अत्यन्त न्यून भएकाले ती औषधि बजारमा उपलब्ध गराउन उत्पादक तथा आयातकर्तालाई कठिनाइ भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
साताको पहिलो दिन ५४ अंकले बढ्यो शेयर बजार, कुन कम्पनीको कति भयो कारोबार ?
काठमाडौँ । साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर खरिद बिक्रीबाट २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १ सय ८२ रुपैयाँ ८४ पैसाको कारोबार भए...
माघ १५ देखि २५ गतेसम्म दशौं धादिङ महोत्सव हुने
काठमाडौँ । जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले दशौँ धादिङ महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव माघ १५ गतेदेखि २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३ धादिङ...
नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २...
शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७०...
बाजुराको अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी
बाजुरा । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी भएको छ। यहाँका स्याउ कृषकले स्याउ बिक्री गरेर एक करोड ५० लाख बराबरको आम्दानी गरेका हुन् । बाजुराको स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बुढिनन्दामा उत...
एक लाख २८ हजारलाई पर्ने सुपर खुदी हाइड्रोको आईपीओ फागुन ५ बाट निष्काशन खुला
काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गते सोमबारदेखि १० गते आइतबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि फागुन ४ गतेबाट निष्काशन खुला गर्ने भनिए पनि उक्त मिति एक दिन पछि सारिएको हो । यसअघि आयोजना प्रभावित स्थ...



