शनिबार, २० असार २०८३
नेपाली

ओलीप्रति प्रचण्डको कटाक्ष : पटक–पटक संसद विघटन गर्नेले पुनर्स्थापना भनेर वितण्डा गर्दैछन्

Main News Image

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले वितण्डाका लागि संसद पुनर्स्थापनाको कुरा गरेको आरोप पनि लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले तोकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तिने खतरा रहेको औँल्याए ।

उनले भने, ‘हिजो पटक–पटक संसद् विघटन गर्नेहरुले अहिले संसद् पुनःस्थापनाको कुरा गर्नु जस्तो हास्यास्पद कुरा अरु केही हुन सक्दैन। म ती साथीहरुलाई यस्तो वितण्डाको पछि नलाग्न र आजको यथार्थलाई स्वीकार गरेर यो निर्वाचन सफल पार्न आग्रह गर्न चाहन्छु।’ उनले वर्तमान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई आग्रह गरे। घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प रहेको उनको भनाइ छ। यसलाई भड्काउने कोशिस नगर्न उनले चेतावनी समेत दिए ।

 

mediabaaji add

सम्बन्धित खबर

पत्नीलाई स्वकीय सहसचिव बनाएपछि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको आलोचना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नै श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिएको भन्दै आलोचना भएको छ । उनले आफ्नी पत्नी संगीता श्रेष्ठलाई गत असोज २ गते प्रधानमन...

आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने रविको विश्वास

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तारिक बु...

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन : मन्त्री गुप्ता

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेव...

माधव नेपाल र भीम रावलको नाम लिँदै ओलीले भने : स्वस्थ प्रतिस्पर्धा गरौँ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनलाई एकता सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् । बिहीबार च्यासलमा बसेको सचिवालय बैठकबारे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएअनुसार, अध्यक्ष...

एमालेमा उम्मेदवार सिफारिस तीव्र, २४ निर्वाचन क्षेत्रमा एकल नाम

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ । केन्द्रको निर्देशनअनुसार जिल्ला तथा क्षेत्रीय कमिटीहरूले सिफारिस पठाइरहेका छन् ।

एमाले सचिव महेश बस्नेतका अ...

जेनजी आन्दोलनलाई क्रान्तिकारीले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्छ : नेता पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जेनजी आन्दोलनले सबैको सोच र अवस्था बदलिएको भन्दै यसलाई क्रान्तिकारीहरुले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्ने बताए । शनिबार आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको शु...