भोट नदिने केन्द्रीय सदस्य र नेतालाई कारवाही गर्ने प्रचण्डको घोषणा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट नदिएका केन्द्रीय सदस्य र जनवर्गीय संगठनका नेताहरूलाई कारबाही गर्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा विहीबार आयोजित बैठकमा प्रचण्डले यस्तो बताएका हुन्।
‘५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको जनरल रिपोर्ट आएको छ’ उनले भने ‘कसले भोट हालेन, को घण्टीतिर गयो, त्यो रिपोर्ट तपाईंहरूले दिनैपर्छ, तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन।’
साथै पार्टी पुनर्गठनको सुरुवात यहीँबाट हुने बताउँदै उनले कारबाही सबैभन्दा पहिला केन्द्रीय सदस्यबाट सुरु हुने बताएका छन् । ‘ठोस रिपोर्ट ल्याउनुहोस्, कसले हालेन, को घण्टीतिर गएको देखियो, तिनलाई आँखा चिम्लेर कारबाही गर्छौं,’ उनले भने ।
एक्सप्रेस
सम्बन्धित खबर
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले २०८२ पुस मसान्तसम्ममा १५ औं महाधिवेशन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँगको...
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ : गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन्। शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ...
कांग्रेसका विनोद चौधरीलाई हराएर रास्वपाका विक्रम खनाल विजयी
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा नवलपरासी पश्चिममा रास्वपा उम्मेदवार विक्रम खनाल विजयी भएका छन् । उनले कांग्रेसका विनोदकुमार चौधरीलाई ठूलो मतान्तरले पछि पारेर जित निकालेका हुन् । खनालले ४५ हजार २४१ मत प्राप्त गरेका छन्। चौधरीले भने ९ हजार...
शंकर पोखरेलको टिप्पणी-नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्र हुँदैछ
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन साहबीचको सात बुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका छन् । ‘भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई...
माइतीघरमा जेनजीहरूको धर्ना
काठमाडौँ । जेनजी आन्दोलनका पीडितलाई न्याय, पुनर्स्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरी कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै माइतीघरमा जेनजीहरूले धर्ना दिएका छन् ।
परिवार र घाइतेको...
सबै कुरा बिर्सेर बिनासर्त आफ्नो घरमा फर्किन चाहन्छौँ : किसान श्रेष्ठ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्त एमालेमा फर्किन लागेको बताएका छन् । श्रेष्ठ सम्मिलित रामकुमारी झाँक्रीको समूहले आज बबरमहलस्थित होटल बसेरामा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले...



