शनिबार, ०२ साउन २०८३
नेपाली

प्रचण्ड, रवि र बालेनलाई कारवाही गर्नुपर्छ : महेश बस्नेत

Main News Image

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक प्रचण्डमाथि अनुसन्धान गरेर कारवाही हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान गरेर कारवाही हुनुपर्ने बताएका हुन् । जेनजी आन्दोलनमा उनीहरुको भूमिका शंकास्पद देखिएकाले अनुसन्धान हुनुपर्ने उनले बताए ।

बस्नेतले जेनजी आन्दोलनलाई हस्तक्षेप गर्दै अपराधिक गतिविधि भएको जिकिर गरे । मुलुकको राष्ट्रिय स्वाधीनतनाका साथै विकास र समृद्धिमा एमालेले खेलेको भूमिका कारण आफुहरुमाथि सवै भन्दा बढी आक्रमण भएको उनले बताए । सरकारले राजनीतिक दलका नेताहरुलाई भ्रष्टाचारको अभियोग लगाएर निर्वाचनमा उठ्न नदिने षडयन्त्र गरिरहेकाले त्यसका बिरुद्ध सडक संघर्ष गर्नुपर्नेमा आफुले जोड दिएको उनले बताए ।

पार्टी भित्र एकताको आवश्यक रहेको र अध्यक्ष केपी ओलीको बिकल्प खोज्न नहुने आफुले धारणा राखेको उनको भनाइ छ ।

mediabaaji add

सम्बन्धित खबर

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।

आयोगले आगामी फागुन २१ गतेका...

यात्रा टुगिँदै गर्दा हामी एक हिसाबले खुशी नै छौं : रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी बिघटन भ...

दुई महिनापछि कानून व्यवसायमै फर्किन्छु : ओमप्रकाश अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभाको चुनावपछि कानून व्यवसायमै फर्किने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै गृहमन्त्री अर्यालले आफ्नो जिम्मेवार...

रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

काठमाडौँ । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ । महान्यायाधिवक्ता कार्यालयको निर...

झापा-५ मा ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

काठमाण्डौँ । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्...

कार्यशैली नसुधारे एमाले ‘स्कुटरमा अट्ने सीट’मा सीमित हुन्छ : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले समग्र चुनावी समीक्षा गर्दै कार्यशैली परिवर्तन गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेले कार्यशैली सुधार नगरे आगामी चुनावमा नतिजा झनै खस्किने चेतावनी द...