बिहिबार, ३२ असार २०८३
नेपाली

प्रचण्डले दुवैजना अध्यक्ष बनौँ भन्दा मानिन, आफैं सहसंयोजकको प्रस्ताव गरेँ : माधव नेपाल

Main News Image

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफू पदको लागि मरिहत्ते गर्ने व्यक्ति नभएको बताएका छन् । पार्टी एकताका क्रममा दुई जना अध्यक्ष हुने प्रस्तावलाई अस्वीकार गरेर आफू सहसंयोजक बनेको नेता नेपालले खुलासा गरेका छन् । एक अन्तर्वाताका क्रममा नेपालले पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुवैजना अध्यक्ष हुने प्रस्ताव गरेको तर, आफूले नमानेको उनले दाबी गरेका छन् ।

‘भनिसक्नुभएको थियो प्रचण्डले । दुइटै अध्यक्षको व्यवस्था गरौँ, पहिलेको मोडलमा जाऔँ । २०७५ सालको मोडलमा जाऔँ भनेर प्रचण्डजीले आफ्नोतर्फ उदारता देखाएको हो’ उनले भनेका छन्, ‘मैले भनेँ, मलाई चाहिँदैन । त्यसैले म मैदान छोडेर भाग्ने होइन । तर पदको निम्ति मरिहत्ते पनि गर्ने होइन। मैले चाहेको भए धेरै चोटी म प्रधानमन्त्री भइसक्थेँ । मैले त्यो अवसर पाइसकेको थिएँ।’

उनले पदको लागि मरिहत्ते गर्‍यो भन्लान् भनेर आफूले प्रचण्डको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । उनले ‘बेकारमा दुई–दुई वटा अध्यक्ष पदको निम्ति मरिहत्ते गर्‍यो भन्लान् भनेर फेरि यो गीत गाउलान् भन्ने कुराले पनि मलाई अलि पोल्दो रहेछ ।’ यस्तै, नेपालले एकीकृत समाजवादी भइसके पछाडि पनि आफूलाई राष्ट्रपति र प्रधानमन्त्रीको अफर आएको दाबी पनि गरेका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

जाडो छल्न बेँसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किँदै

काठमाडौँ । मुस्ताङमा चुनावी माहौल बिस्तारै तात्तिन थालेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो । निर्वाचनमा होमिएका उम्मेदवार मतदाता रिझाउन बेँसीमै व्यस्त थिए । तर जाडो छल्न बेँसी झरेका मतदाता फर्किन थालेपछि उम्मेदवा...

माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको एकता अन्तिम चरणमा

काठमाडौँ । वामपन्थी घटकबीच एकता गर्ने प्रयास तीव्र भइरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच पार्टी एकीकरणको प्रारूपमा सहमति नजिक पुगेको छ । पार्टीको नाम, नीति तथा नेतृत्वबारे दुवै पक्षबीच करिब सहम...

क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी हुन् जेनजी : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक संसद विघटनमा भूमिका खेल्नेले अहिले पुनः स्थापनाको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । शनिबार पेरिसडाँडास्थित पार्टी का...

कांग्रेसलाई फुटबाट जोगाउन डा।शेखरले सुरु गरे छलफल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा।शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिलगायत महत्वपूर्ण व्यक्तिहरूसँग अन्तरक्रिया गरी सुझाव लिएका छन् ।

बिशालनगरस्थित शे...

दोहोरो भूमिकाबाट पछि हटे कांग्रेस, निवर्तमान सांसदहरू अव सर्वोच्च नजाने

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई भेटेर संसद् पुनः स्थापनाको रिट पेसीमा चढाउन आग्रह गर्ने नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले तयारी रोकिएको छ । उनीहरू आज बिहान १० बजे सर्वोच्च गएर पेसीको माग गर्ने योजनामा थिए ।

विघटित प्रत...

गगन-विश्वप्रकाशले बोलाए राष्ट्रिय भेला, विशेष महाधिवेशनबारे निर्णय गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा विशेष भेलाको आयोजना गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा आज राष्ट्रिय भेला हुन लागेको हो । भेला दिउँसो १ बजे राष्ट्रिय सभा...