शनिबार, ०२ साउन २०८३
नेपाली

झन् बढ्यो काठमाडौँमा प्रदूषण

Main News Image

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै यसले प्रदूषण बढाउन मद्दत गरेको उल्लेख गरे ।

“लामो समयदेखि वर्षा हुन सकेको छैन, हावा पनि चलेको छैन । त्यसैले केही दिनयता मौसम धुम्मिएको छ”, उनले भने, “गत वर्षको तुलनामा यस वर्ष प्रदूषण केही कम छ । वन डढेलो नलागेसम्म प्रदूषण अत्यधिक रूपमा भने बढ्ने छैन ।”

एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १८६ पुगेको छ ।  यससँगै काठमाडौँ विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको वातावरणविद् भूषण तुलाधारले जानकारी दिए ।  प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै उनले घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने धारणा राखे । एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । 

mediabaaji add

सम्बन्धित खबर

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

रौतहट । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो  रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका छन् । एक साताको अन्तरालमा  १४ वटा बङ्गुर मरेका कि...

उपत्यकामा बर्ड फ्लुको तीव्र जोखिम : ६ लाखभन्दा बढी कुखुरा नष्ट

काठमाडौँ । नेपालमा पछिल्लो तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा। उमेश दाहालका अनुसार हालसम्म देशभरका ११ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो समय...

पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनल...

वरिष्ठ सौन्दर्यविद् महराद्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन

काठमाडौँ । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।

 

वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी...

काठमाडौँको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो, घर बाहिर ननिस्कन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायू प्रदूषण अझै उच्च बनेको छ । विगत केही दिनका तुलनामा प्रदूषण झनै बढेको हो । फागुन २२ गतेदेखि उपत्यकामा घाम लागिरहेको थिएन । हावा पनि लागेको छैन । चुनावका कारण केही दिन सवारी पातलो भए पनि अहिले फेरि त्यही सवारीको प्...

ओपिडी सेवा नखुम्च्याउन सरकारलाई महामन्त्री प्रदिप पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । महामन्त्री पौडेलले सरकारीमा रोकिएको ओपिडी सेवाले सर्वसुलभ र सह...