मङ्गलबार, ०९ भदौ २०८३
नेपाली

दुर्गा प्रसाईंविरुद्धको प्रहरी अनुसन्धान पूरा

Main News Image

काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो ।

पर्साका प्रहरी नायब उपरीक्षक डीएसपी हरि बस्नेतका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुर क्राइम एगेन्स्ट द स्टेटमा मुद्दा चलाउन राय दिइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार व्यवसायी पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोद...

पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

काठमाडौँ । बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । उनीहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्ने...

सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय र...

पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दाको समयमा गरिएको खरिद प्रक्र...

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घन नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् । उपत्यका...

डाँडागाउँमा मृत भेटियो जङ्गली हात्ती

झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा मंगलबार बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र...