आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिना चैतको अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४८८ बराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा तीन वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ। उक्त मुद्दामा एक करोड ५६ लाख बराबरको बिगो दाबी गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
२४ घण्टामा एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा
काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केट बत्ती उल...
ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिक पक्राउ
काठमाण्डौँ । पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरी सोमबार सार्...
कालोपुलमा कोठा फोडेर सुन–नगद चोरी गर्ने गिरोह पर्दाफास, हतियारसहित दुई पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले डेरा कोठाबाट सुन, चाँदीका गरगहना, नगद तथा धारिलो हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–५ कालोपुल लामा गल्लीस्थित एक डेरा कोठाबाट करिब २६ तोला ८ आना बराबरका सुनका...
विदेशमा रहेकालाई सवारी लाइसेन्स दिने ३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमति पत्र वितरणमा गम्भीर अनियमितता भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा आर्थ...
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ
काठमाडौँ । कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ८ जाल्पारोडस्थित विभिन्न खाजा घरहरूमा अनैतिक...
हनी ट्र्यापबाट साढे ६ करोड ठगीको आरोप लागेकी टिकटकर तुलसा अधिकारी पक्राउ
काठमाडौँ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन इन्टरपोलबाट रातो सूची रेड नोटिस जारी भएकी चर्चित टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छिन् । थाइल्यान्डमा पक्राउ परेकी उनलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याएर अहिले...



