शुक्रबार, ०१ साउन २०८३
नेपाली

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

Main News Image

मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।

प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताए। तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखराजोमसोम उडान स्थगित गरेको बताए। त्यसैगरी समिट एयरलाईन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ ।

हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा जोमसोम उडान प्रभावित हुने गर्छ । पछिल्लो समय बेनी(जोमसोम(कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ ।


mediabaaji add

सम्बन्धित खबर

निर्वाचनका लागि काठमाडौं छाड्नेहरूको संख्या ८ लाख नाघ्यो

काठमाडौँ । आगामी निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या उल्लेख्य वृद्धि भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मतदान गर्न र घर फर्किन हालसम्म करिब ८ लाख मानिसले उपत्यका छाडिसकेका छन् ।

निर्वाचनको सुरक्षा...

नेपाल प्रहरीमा डीआईजीको दरबन्दी थप गर्ने प्रस्ताव अस्वीकार

काठमाडौँ । सशस्त्र प्रहरीको कानुन तहलाई डिआइजी दरवन्दी दिने सरकारले नेपाल प्रहरीलाई भने विभेद गरेको छ । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक डीआईजीको दरबन्दी थप गर्ने प्रस्तावलाई अस्वीकार गरेपछि विभेद गरेको हो । गृह मन्त्रालयले दरबन्दी थपका लागि...

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको संख्या १८ जोडी

म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङ...

हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित

मुस्ताङ । जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ । आज बिहानदेखि परेको हिउँ निरन्तर परिरहेको छ। अक्सर मङ्सिर महिनाको अन्त्यतिर पर्नुपर्...

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक र पछाडि बस्ने दुवै पक्राउ

काठमाण्डौँ । डोटीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । शिखर नगरपालिका–१० बान्डुङग्रीसैनमा सुपप्र।०१०१३प १२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६८ वर्षीया तारादेवी बलायरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार के...

मन्त्री कुलमानले सम्झिए नौ वर्षअघिको दिपावली

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नौ वर्षअघिको तिहार स्मरण गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत तिहारको शुभकामना दिँदै उनले २०७३ सालको दिपावली स्मरण गरेका हुन् । त्यतिबेला उनी नेपाल व...