'कविता एन्ड द कप'मा कविहरू !
मिडियाबाजी डटकम काठमाडौँ ।
• बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'Kavita & the Cup' को तेस्रो शृङ्खला सम्पन्न भयो ।
•यस शृङ्खलामा कविता वाचन ,टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि,आख्यानकार र सम्पादक अविनाश श्रेष्ठको उपस्थितिमा भयो। श्रेष्ठले 'भोलिको गीत' पर्या कविता 'सतरूपा' जस्ता दुई बेजोड कविता वाचन गर्दै कवितालाई "सस्तो र सजिलो बुझ्नु हुँदैन ।पहिले जसरी सबै विषयमा कविता लेखिन्थ्यो ।अहिले झन् लेख्न सकिन्छ ।मान्छेलाई केन्द्रमा राखेर धेरै कविता लेखियो ।संसार मान्छेको मात्रै होइन ,सबै प्राणीको हो।कविता अब वातावरणमैत्री भएर सबैका लागि लेखिनुपर्छ ।कवितामा जादुमय शक्ति हुन्छ" भन्ने धारणा राख्नुभयो ।
•'Kavita & the Cup'का सूत्राधार प्रसिद्ध युवाकवि केशव सिलवालले यसको उद्देश्य बारे प्रष्ट पार्दै "दशकौँ पुरानो पुल " शीर्षकको कविता वाचन गर्नुभयो ।यस्तै प्राज्ञ चेतनाथ धमलाले 'भ्रम' र एक टुक्रा गरी दुइवटा लघुकविता र कृष्णकिसु न्यौपानेले "सहरको रङ्ग र सडकको आँसु" जस्ता कविता वाचन गर्नुभयो ।
•यसैगरी कविहरू मिथोच,रीमा केसी ,सीता तुम्खेवा,प्रकाश गुँरागाई,युग सर्वनाम,सञ्जित फलाना,रजनी मिला लगायतले कविता वाचन गर्नुभयो । कवि चन्द्रवीर तुम्बा्प्पेले कवितामा प्रयुक्त भएका जारजन र कवित्व बारे प्रकाश पार्नुभयो ।साथै ,कवि मोक्तान थेवेले कार्यक्रमको उद्घोषणसहित कविता वाचन गर्नुभयो । एक आपसमा वाचित कवितामाथि विशद् विमर्श समेत भयो।
एक्सप्रेस
सम्बन्धित खबर
तीन साहित्यकारलाई ‘मधुपर्क सम्मान’को घोषणा
काठमाडौँ । गोरखापत्र संस्थानको मासिक प्रकाशन साहित्यिक पत्रिका मधुपर्कले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधुपर्क सम्मान’को घोषणा गरिएको छ । यस वर्षको ‘मधुपर्क सम्मान’ पद्यतर्फ अग्रज कवि एवं गीतकार यादव खरेललाई र गद्यतर्फ कथाकार भाउपन्थीलाई प्रदान गर्...
संघर्ष र साधनाबाट स्थापित गायक बेल बहादुर परियार
काठमाडौँ । रेडियो नेपालबाट पहिलोपटक स्वर दिएको दिनदेखि आजसम्म लोक संगीतको बाटो नछोडेका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक गरेका छन् । गए मङ्गलबार बर्दिबासमा आयोजित विमोचन समारोहले उनको निरन्तर साधना र...
जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई
चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...
तृषित मन' हाइकु / सेन्युसङ्ग्रहको लोकार्पण
काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप के...
वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन
जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति पौने १ बजे निधन भएको कान्छा छोरा डा विभाष लाभले जानकारी दिएका छन् ।
परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्य...
साहित्य सन्ध्याको ४७८औँ शृङ्खला सम्पन्न, आर्थिक-सामाजिक अवस्था समेट्न साहित्यकारलाई आग्रह
काठमाडौँ । साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक शृङ्खलामा शनिबार ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफल तथा कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर डा। दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाको विश्ले...



