शनिबार, ०२ साउन २०८३
नेपाली

मौसम प्रतिकूल बन्दा गोसाइँकुण्ड गएका तीर्थयात्रु प्रभावित

Main News Image

काठमाण्डौँ । रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो ।

स्थानीय व्यवसायीका अनुसार अचानक मौसम विग्रिएपछि  कुण्ड जाँदै गरेका तीनवटा हेलिकप्टर चन्दनबारीको आकाशबाटै फर्किएका छन्। प्रभु एयर र अल्टिच्युट एयरका उडान अवरुद्ध भई यात्रुहरू सुरक्षित रूपमा काठमाडौँ फर्काइएको जनाइएको छ । हेलिकप्टर कम्पनीको विवरण अनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी तीर्थयात्रु प्रभावित भएका छन् । 

तीर्थयात्रु बोकेर उडान भर्ने कम्पनीमा सिम्रिक एयर, फिस्टेल एयर, अन्नपूर्ण एयर र मुस्ताङ एयरसमेत रहेका थिए । तीमध्ये केही कम्पनीका हेलिकप्टर तेस्रो उडानपछि बिहान ११ बजेपछि मात्र रोकिएका थिए, भने कोही कम्पनीका हेलिले बिहानैको समयमा भने उडान सामान्य रूपमा सञ्चालन गरेका थिए ।


mediabaaji add

सम्बन्धित खबर

वैशाख १० सम्म तातो लहर चल्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाले आगामी वैशाख १० गते बिहीबारसम्म देशका तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर अर्थात् हिट वेभको सम्भावना रहेको भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

मौसमविद्...

यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सचेत रहन बिभागको आग्रह

काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बादल लागेको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्ज...

देशका विभिन्न भागमा वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

काठमाण्डौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश...

पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्...

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज...

काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्‍यो !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० ड...