जेनजीबिना सम्भव थिएन जनयुद्ध : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनको उद्देश्य सही रहेको बताएका छन् । जेनजीसँग पार्टीको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आजमात्रै एक हजारभन्दा धेरै जेनजी युवालाई पार्टीमा भित्र्याएको दाबी गरे । विगत सम्झिँदै उनले भने, ‘म १६ वर्षमा पार्टीमा जोडिए, ३५ वर्षमा पार्टी नेतृत्वमा पुगेँ । २७ वर्षको उमेरमा युवक सङ्घको अध्यक्ष भए । युवाहरूलाई नै लिएर जनयुद्धको तयारी गरेको थिए।’
उनले आफूहरू सरकार र सडक दुवै ठाउँमा हुँदा पनि भ्रष्टाचारविरुद्ध उभिएको जिकिर गरे। जेनजी र आफूहरूले उठाएका एजेन्डा एउटै भएको उल्लेख गर्दै प्रचण्डले नेपालीहरूले अन्ततः जित्ने विश्वास व्यक्त गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रधानमन्त्री कार्की रारा भ्रमणपछि जुम्लामा
जुम्ला । प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणका लागि जुम्ला पुगेकी छिन् । मुगुको रारा ताल भ्रमण सकेर उनी जुम्ला पुगेकी हुन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार उनी रारा तालको अवलोकनपछि जुम्ला पुगेकी हुन् ।
प्रधानमन्त्रीक...
दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटासहितका सामाजिक सञ्जालहरू पुनः बन्द गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा उनल...
सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउँछ : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताएका छन् । आज शुभ दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना सन्देश दिँदै उ...
ईश्वर पोखरेलद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी पुन...
कांग्रेसबाट काठमाडौँ-५ मा प्रदीप पौडेल उम्मेदवार
काठमाण्डौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ ५ को उम्मेदवार बनाएको छ । हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थ...
गगनको टोलीसँग विशेष महाधिवेशन बोलाउने न्यूनतम संख्या नै नपुगेको प्रमाण पेश
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनका सन्दर्भमा ८ सय भन्दा बढि महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । शुक्रबार आयोग पुगेर देउवा समूहले ८८५ जना महाधिवेशन प्रतिनिधिले ह...



