गोकर्णेश्वरमा पौषकृष्ण औँसीको श्राद्ध गर्न घुइँचो
काठमाडौँ । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी(गोकर्ण(सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ ।
सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न विद्यालय एवं क्याम्पसका सवारीसाधन पनि नेपाल मेडिकल कलेजभन्दामाथि जान लामो जाममा बस्नुपरेको छ । सवारी जामका कारण क्याम्पस जान समस्या भएको जीपी कोइराला क्याम्पस सिफलमा अध्ययनरत स्नातक तहका विद्यार्थी रामबहादुर तामाङको गुनासो छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने यो भीडबाट यात्रुलाई सहज रुपमा यात्रा गराउन नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण जङ्गलभित्र पर्ने सडक खोल्न गोकर्णेश्वर नगरपालिकाले माग गर्दै आएको छ । जङ्गलको पर्खालसँगैको यो सडक पर्खाल थोरै माथि सारेपछि प्रयोग गर्न सकिने अवस्थामा छ। पर्खाल ठाउँठाउँमा भत्किएकाले नयाँ बनाउँदा थोरै माथि सार्ने सहमति भए यात्रुले राहत पाउने अवस्था छ । यो सडक खोले गोकर्णेश्वर महादेव मन्दिरअघिबाट सवारीसाधन दक्षिणढोका निस्कन सहज हुन्छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको पर्ती जग्गामा बनेका घरले सडकको मापदण्ड पालना नगर्दा साँघुरो बाटोमा सधैँ जाम हुने गरेको छ । यो समस्या समाधानका लागि नगरपालिकाले पहल गर्न नसकेको स्थानीयवासी एवं यात्रुको भनाइ छ । मन्दिर क्षेत्रको जग्गा मिचेर बनाइएको बस्तीलाई पूर्वमुख्यसचिव चन्द्रबहादुर थापाले कागज दिएको जनाइएको छ। अव्यवस्थित बस्तीका कारण पनि गोकर्णेश्वर उत्तरगया क्षेत्र साँघुरो बन्दै गएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
चुनावमा ८० हजार सेना परिचालन हुने, सबै विमानस्थल र कारागार सुरक्षाको जिम्मा दिइँदै
काठमाण्डौँ । फागुन २१ गते हुने निर्वाचनका लागि करिब ८० हजार सैनिक परिचालन गरिने भएको छ । निर्वाचन आयोगले मतदान केन्द्र टुंग्याएपछि सेनाले देशभर आफ्नो जनशक्ति परिचालनका लागि योजना तयार गरेको हो ।
निर्वाचनमा आफ्नो कुल जनशक्तिको ९५ प्रतिशत अर्थ...
मकवानपुरबाट काठमाडौँ आउदै गरेको गाडी दुर्घटना, एक जनाको मृत्यु
काठमाण्डौँ । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्...
शीतलहरबाट बालबालिका जोगाउन स्थानीय तहका विद्यालयमा जाडो बिदा
महोत्तरी । पुसको पहिलो सातादेखि नै सुरु भएको शीतलहरले महोत्तरीको जनजीवन प्रभावित पारेपछि जिल्लाका सबै स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आइतबार साँझ सूचना...
उत्तरी गोरखामा हिमपात हुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित
गोरखा । उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७...
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका(४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको...
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
काठमाडौँ । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो ।
बालश्रम विरुद्धआ...



