शनिबार, ०२ साउन २०८३
नेपाली

महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु

Main News Image

धादिङ । थाक्रे गाउँपालिकास्थित महादेवबेंसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको  छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश ३,०१००६ ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए ।

दुर्घटनामा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए । ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको उनले जानकारी दिए । प्रहरी निरीक्षक थापाले भने, “मृतकको पहिचान भइसकेको छैन । दुर्घटनाका घाइतेहरूको सङ्ख्या एकिन भइसकेको छैन। अहिले उद्धारकार्य जारी छ ।”


mediabaaji add

सम्बन्धित खबर

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर

सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उ...

साँखुस्थित शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू

काठमाण्डौँ । आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू भएको छ । हरेक वर्ष काठमाडौंको साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्ने गर्छ। पहिलो दिन बिहानै शालीनदीमा पूजा तथा स्नान गर्नेको उल्लेख्य उपस्...

बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो, उपभोक्तालाई असर नपर्ने

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छडिने थालिएको हो । 

<...

आज ईद उल फित्र पर्व मनाइँदै

काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद...

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स...

नेपाल-चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन

काठमाडौँ । जनवादी गणतन्त्र चीनको सिजाङ तिब्बत प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ । यही मङ्सिर ८ गतेदेखि १२ गतेसम्म सिजाङ स्व...