पश्चिमी वायुको आंशिक प्रभाव : तराईमा हुस्सु, पहाडी भेगमा मौसम सफा रहने
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । अहिले हिमाली भूभागमा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । यतिबेला तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। पहाडी तथा हिमाली भूभागमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । यसैगरी, आज राति पनि तराईका केही स्थानमा कुहिरो लाग्ने र पहाडी तथा हिमाली क्षेत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
चिसो तथा हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, तथा हवाई र सडक यातायातमा समेत असर पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सोमबार देशका केही स्थानमा वर्षा हुने
काठमाडौँ । सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदे...
देशभर मनसुनको प्रभाव कायमै : आज केही स्थानमा मध्यमदेखि भारी वर्षा र हावाहुरीको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव निरन्तर रूपमा कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसप...
अब राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने
काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरू गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा सुरू गरेको हो । विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइट मार्फत व्य...
आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूम...
वन डढेलोमा कमी, मनसुन पूर्वको वर्षाले घटायो
काठमाडौँ । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो ।
वन तथा भ...
बैतडीमा जन्ती बोकेको बस दुर्घटना : थप पाँचको मृत्यु, ज्यान गुमाउनेको संख्या १३ पुग्यो
काठमाण्डौँ । बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । दुर्घटनाका घाइतेमधये गएराति थप पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख...



