बिहिबार, ३२ असार २०८३
नेपाली

नयाँलाई अवसर दिन प्रत्यक्षमा नलड्ने, समानुपातिकमा नबस्ने पम्फा भुसालको घोषणा

Main News Image

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपा नेता तथा पूर्वमन्त्री पम्फा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबैमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन् । अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याउनु पर्ने मत सहित चुनाव नलड्ने घोषणा गरेकी हुन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत भुसालले चुनाव नलड्ने घोषणा गरेकी हुन्। फेसबुकमा लेखेकी छिन्, ‘आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन्। यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु।’

भुसालले ललितपुर सहित देशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारको सिफारिस आएको उल्लेख गर्दै उम्मेदवार नबन्ने बताएकी छिन् । उम्मेदवार बन्ने प्रस्ताव स्वीकार गर्न नसक्ने बताउँदै उनले भनेकी छन्, ‘फागुन २१ मा हुने निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिनँ। प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद।’

यसअघि दुई पटक प्रत्यक्ष चुनाव जितेको र मन्त्री भइसकेको उल्लेख गर्दै त्यो अनुभवलाई पार्टी निर्माणमा लगाउने उनको भनाइ छ। भुसालले लेखेकी छन्, ‘म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु। अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ।’

mediabaaji add

सम्बन्धित खबर

प्रधानमन्त्रीले संसद् छलेको कांग्रेसको आरोप, तत्काल उपस्थित गराउन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहको निरन्तरको अनुपस्थितिलाई लिएर कडा आपत्ति जनाएका छन्।

आकस्मिक समयमा बोल्दै उनले संसद्मा पटक(पटक प्रधानमन्त्रीको उपस्थिति खोजिए पनि आजको मह...

एमालेले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अन...

एमाले महाधिवेशन भाँड्ने सोच नबनाउन ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन भाँड्ने सोच नबनाउन चेतावनी दिएका छन् । शुक्रबार पार्टीको युथ भोलेन्टियरको घोषणा गर्दै ओलीले पार्टीको महाधिवेशन भाड्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यस्तो सोच नबाउन चेतावनी दिएका...

यस्ता छन्, मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णयहरु

काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रश...

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

काठमाडौँ । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएक...

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि आज विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र...