बिहिबार, ३२ असार २०८३
नेपाली

पाकिस्तानका प्रधानमन्त्री साउदी अरब र सेना प्रमुख इरान भ्रमणमा : शान्ति वार्ताको प्रयास

Main News Image

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब र सेना प्रमुख असीम मुनिर इरान पुगेका छन् । जसलाई अमेरिका र इरान बीचको शान्ति वार्ता पुनः सुरु गर्ने सम्भावित नयाँ चरणको तयारीको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री शहबाज सरिफ साउदी अरबको चार दिने भ्रमणमा छन् । 

उनले त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गरिरहेका छन् । यो भ्रमण पाकिस्तानको सक्रिय कूटनीतिक भूमिकामा महत्त्वपूर्ण मानिएको छ भने अमेरिका र इरानबीचको वार्ता पुनः सुरु गर्न मद्दत पुर्याउने आशा गरिएको छ।

यस भ्रमणमा सरिफले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग क्षेत्रीय अवस्थाबारे छलफल गरे । साथै कतार र टर्कीको भ्रमण गर्ने योजना बनाएका छन्।

mediabaaji add

सम्बन्धित खबर

जापानमा चौबिसै घण्टा सेवा दिने स्वचालित मेसिन संकटमा

काठमाडौँ । जापानको गल्ली–गल्ली र पर्यटकीय क्षेत्रमा देखिने चर्चित ‘भेन्डिङ मेसिन’ संस्कृति अहिले गम्भीर चुनौतीको घेरामा परेको छ। विश्वभर बढ्दो मूल्यवृद्धिको बाछिटाले जापानको यो स्वचालित खुद्रा व्यापारलाई पनि नराम्ररी प्रभावित पारेको छ ।

कुनै...

बंगलादेशमा हिन्दू नेतालाई चुनाव लड्न रोक

ढाका । बंगलादेशमा एक हिन्दू नेतालाई चुनाव लड्नबाट रोक लगाइएको छ । बंगलादेशमा फेब्रुअरी १२ मा चुनाव हुने तालिका छ । गोविन्द चन्द्र प्रमाणिकले गोपालगञ्ज(३ निर्वाचन क्षेत्रबाट संसदीय चुनावको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका थिए, तर निर्वाचन अधिकारील...

इरानको स्पष्ट अडान : अधिकार सुरक्षित नभई अमेरिकासँग कुनै सम्झौता हुँदैन

तेहरान । अमेरिका र इरानबीच हुन सक्ने भनिएको सम्भावित सम्झौतालाई लिएर अनिश्चितताको बादल फेरि गहिरिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसामु नयाँ र निकै कडा प्रस्तावहरू अघि सारेको चर्चा चलिरहेका बेला तेहरानले भने आफ्ना अधिकारहरू पूर्...

होर्मुज खोल्न सहयोग नगरे नेटोको भविष्य ‘धेरै खराब’ हुन सक्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले होर्मुज जलमार्ग खोल्न सहयोग नगरे उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो०को भविष्यका लागि ‘धेरै खराब’ हुनसक्ने चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्त...

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा, स्वदेश फर्काउने तयारी

काठमाडौँ । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इरानको हर्मुज टापु क्षेत्रबाट नियन्त्रणमा लिइएका झालाई लामो कूटनीतिक प्रयासपछि इरानी पक्षले रिहा गरेको हो । घटनाको पृष्ठभूमि उदयपुरको...

बंगलादेशमा फेरि प्रदर्शन चर्कियो

काठमाडौँ । बंगलादेशमा लोकप्रिय विद्यार्थी नेता सरिफ ओस्मान हादीको निधनपछि देशभर प्रदर्शन चर्किएको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि शुक्रबार ढाकासहित विभिन्न क्षेत्रमा प्रहरी र अर्धसैन्य दस्ता परिचालन गरिएको छ । बिहीबार राति देशका विभिन्न स्था...