वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न
काठमाडौँ । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो ।
गत वर्ष असार १३ गतेसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । देशभर बर्खे धानका लागि कुल १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा खेती हुने गरे पनि हालसम्म १ लाख ५६ हजार ५८३.६७ हेक्टर जमिनमा मात्रै रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
प्रदेशगत रूपमा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत धान रोपाइँ भएको छ । त्यसपछि लुम्बिनीमा २०.९ प्रतिशत, गण्डकीमा १२.७ प्रतिशत, बागमतीमा १२.६ प्रतिशत, सुदूरपश्चिममा ९.३ प्रतिशत, कोशीमा ८.३ प्रतिशत र मधेश प्रदेशमा ५ प्रतिशत मात्रै रोपाइँ भएको छ । सबैभन्दा कम प्रगति मधेश प्रदेशमा देखिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज सामान्य अंकले घट्यो नेप्से, ७ अर्ब ४९ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर मूल्...
सरकारले नगद कारोबारको सीमा घटायो, ५ लाखभन्दा माथिको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्ने
काठमाडौँ । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्...
चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैंडा मरे
काठमाडौँ । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती...
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिद...
आजदेखि देशभर आर्थिक गणना हुँदै
काठमाडौँ । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्...
सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन आज तोलामा एकैदिन पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँ...



